क्यान्सरको औषधि अभाव हुन नदिन दैनिक विवरण उपलब्ध गराउन विभागको आग्रह « Khabarhub

क्यान्सरको औषधि अभाव हुन नदिन दैनिक विवरण उपलब्ध गराउन विभागको आग्रह


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा सलाइनको उपलब्धतासम्बन्धी समस्या देखिएको भन्दै औषधि व्यवस्था विभागले सम्बन्धित पक्षलाई दैनिक विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

विभागले  एक सूचना जारी गर्दै प्लाटिनम समूहका औषधि, सलाइन लगायत अत्यावश्यक औषधिको उपलब्धता, मौज्दात अवस्था तथा आपूर्ति व्यवस्थाको निरन्तर अनुगमन भइरहेको जनाएको हो । 

सूचनामा सम्बन्धित निकाय, उत्पादक, आयातकर्ता तथा सरोकारवालासँग समन्वय गरेर आवश्यक औषधिको पर्याप्त उपलब्धता सुनिश्चित गर्न पहल भइरहेको उल्लेख गरिएको छ ।

विभागले औषधिको मौज्दात, वितरण अवस्था, आयात तथा निकट भविष्यमा हुने आपूर्तिसम्बन्धी यथार्थ विवरण संकलन गर्न सम्बन्धित उत्पादक, आयातकर्ता तथा अस्पताललाई हरेक दिन बिहान १० बजेदेखि ११ बजेसम्म विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । यसका लागि विभागले सम्पर्क व्यक्तिको समेत व्यवस्था गरेको जनाएको छ । 

सूचनाअनुसार औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्य र नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ११ : २३ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने