निकुञ्जका वन्यजन्तुलाई नहरको पानी « Khabarhub

निकुञ्जका वन्यजन्तुलाई नहरको पानी


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चितवन– निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि नहरबाट पानीको व्यवस्था गर्न थालिएको छ । गर्मी वढेसँगै चितवन राष्ट्रिय निकुञ्जमा पानीको अभाव भएपछि खगेरी नहरबाट पानी छोडिएको छ ।

टिकौलीबाट देवनगरसम्मको नौ किलोमिटर नहरमा पानी छोडिएको हो । योसँगै निकुञ्ज तथा बरण्डाभार क्षेत्रमा रहेका पोखरीहरूमा पुनर्भल (रिचार्ज)का लागिसमेत पानी छोडिएको छ । 

नारायणी लिफ्ट तथा खगेरी सिँचाइ आयोजनाका प्रमुख कुलप्रसाद चालिसेका अनुसार सो क्षेत्रमा रहेका झण्डै १२ वटाभन्दा बढी पोखरी पुनर्भलका लागि पानी छोडिएको छ ।

अब निरन्तर सो क्षेत्रमा पानी छोडिने उनले बताए । गर्मी याम बढेसँगै निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका ताल तलैयाहरू सुक्ने हुँदा वन्यजन्तुका लागि पानीको अभाव हुने गरेको छ । जसका कारण वन्यजन्तु बस्ती छिर्ने गर्दछन् ।

हरेक वर्ष गर्मी समयमा वन्यजन्तुका लागि पानी छोड्ने गरिन्छ । नहर मर्मत गरी पानी छोडिएको हो । यस क्षेत्र गैँडा, चित्तल, बाघ भालुलगायतका वन्यजन्तुहरू र चराचुरुङ्गीको वासस्थान रहेको छ ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  २ : ३६ बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको