ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ? « Khabarhub

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

सत्तारूढ रिपब्लिकन सांसद लिन्डसे ग्राहमले राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीतिमाथि प्रश्न उठाउँदै आक्रोश पोखेका छन् । उनले अन्त्यमा समझौता नै गर्नु थियो भने युद्ध किन सुरु गरियो ? भनेर प्रश्न गरेका छन् ।

लिन्डसे ग्राहमले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘स्ट्रेट अफ हर्मुजलाई सुरक्षित राख्न नसकेपछि इरानसँग सम्झौता गरिँदैछ । इरानी हमलाबाट सुरक्षित राख्न सकिँदैन भने किन युद्ध सुरू गरेको त ? यसले इरानको शक्तिलाई अझ बढाएर लैजाने छ’, उनले भनेका छन् ।

उनले अहिले नै विश्वले स्ट्रेट अफ हर्मुजमा इरानले पकड जमाएको कुरा स्वीकारिसकेको पनि बताएका छन् ।

‘विश्वले नै इरानले जुनसुकै बेला हर्मुजलाई प्रभावित गर्न सक्छ भन्ने स्वीकारिसकेको छ। खाडी देशहरूको तेल पूर्वाधारलाई इरानले ठूलो क्षति पुर्‍याउन सक्छ भन्ने मानेका छन् । यसले मध्यपूर्वमा शक्ति सन्तुलनलाई परिवर्तन गर्नेछ’, उनले अझै थपेका छन् ।

ग्राहमले लामो समयमा यो स्थिति इजरायलका लागि एउटा खतरानाक सपना साबित हुन सक्ने चेतावनी दिएका छन् ।

लिन्डसे ग्राहम ती नेताहरूमध्ये एक हुन्, जसले निरन्तर अमेरिकालाई इरानमाथि फेरि सैन्य कारबाही गर्न माग गर्दै आएका छन्।

तर उनले इरानलाई हर्मुज जलडमरूमध्यमा दबाब बनाउन रोक्न नसकिनेमा गम्भीर शंका व्यक्त गरेका छन् ।

सम्झौता अस्वीकार गर्न अपिल

उता अमेरिकामा इरानसँग सम्भावित समझौताको विरोध बढ्दै गएको छ। रिपब्लिकनकै सिनेटर टेड क्रूजले अमेरिका र इरानबीच हुन लागेको सम्झौताका सर्तहरूबारे गम्भीर चिन्तित रहेको बताएका छन् ।

टेड क्रूजले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इरानमाथि हमला गर्ने राष्ट्रपति ट्रम्पको निर्णय उनको दोस्रो कार्यकालको सबैभन्दा ठूलो थियो । यसबाट अमेरिकालाई ठूलो सैन्य सफलता मिलेको थियो।’

तर उनले यदि यो युद्धको परिणाम यति मात्रै भए इरानको वर्तमान सरकार अझ बलियो हुने बताए । ‘यो सम्झौताबाट उसलाई अर्बौं डलर प्राप्त हुन्छ, युरेनियम सम्वर्धन जारी राख्छ । परमाणु हतियार बनाउने क्षमता कायम राख्छ भने, यो अमेरिकाको ठूलो गल्ती हुनेछ’, उनले भनेका छन् ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  २ : १३ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६