किएभमा ओरेसनिक प्रहार « Khabarhub

किएभमा ओरेसनिक प्रहार


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक आक्रमणका क्रममा शक्तिशाली हाइपरसोनिक ‘ओरेसनिक’ ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेका छन् । आणविक वा परम्परागत दुवै प्रकारका हतियार बोक्न सक्षम उक्त क्षेप्यास्त्र युक्रेनमा प्रयोग भएको यो तेस्रो पटक भएको बताइएको छ ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार उक्त मिसाइलले किएभ क्षेत्रको बिला सेरक्वा सहरलाई निशाना बनाएको थियो, यद्यपि वास्तविक लक्ष्य तत्काल स्पष्ट हुन सकेको छैन । यसअघि रुसले पहिलो पटक नोभेम्बर २०२४ मा युक्रेनी सहर ड्निप्रोमा बहु–वारहेडयुक्त ओरेसनिक क्षेप्यास्त्र प्रयोग गरेको थियो भने दोस्रो पटक जनवरी महिनामा पश्चिमी लिभिभ क्षेत्रमा प्रयोग गरिएको बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार ‘ओरेसनिक’ नाम रूसी भाषामा हेजलनट रूखसँग सम्बन्धित छ । उनले उक्त क्षेप्यास्त्र ध्वनिको गतिभन्दा करिब १० गुणा अर्थात् म्याक १० गतिमा यात्रा गर्न सक्षम रहेको र यसले भूमिगत बङ्करहरू तीनदेखि चार तला वा अझ गहिराइसम्म ध्वस्त पार्न सक्ने दाबी गरेका छन् ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ६ : १६ बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको