प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदन : जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी « Khabarhub

प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदन : जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको प्रचार खर्चसम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ । प्रतिवेदनले जित्नेले भन्दा हार्ने उम्मेदवारले बढी खर्च गरेको पाइएको जनाएको छ ।

सो संस्थाले मुलुकभरका १६५ क्षेत्रमध्ये छानिएका १० निर्वाचन क्षेत्रका तीन हजार ४०६ उम्मेदवारमध्ये १४४ नमुना उम्मेदवारको खर्चको विश्लेषण गरेको हो । 

इओसी नेपालका अध्यक्ष श्रीकृष्ण सुवेदीका अनुसार विजयी उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा औसत ८८ लाख र उपविजेताले त्यसको लगभग तीन गुणा बढी, औसत दुई करोड ८३ लाख रुपैयाँ खर्च गरेका पाइएको छ । निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेका छन् ।

नतिजाले स्रोत व्यवस्थापनमा गम्भीर असन्तुलन रहेको देखाएको छ । निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीका उम्मेदवारका लागि  २५ देखि ३३ लाख रुपैयाँसम्म खर्चको सीमा तोकेकोमा, औसतमा उम्मेदवारले ७२ लाख अर्थात् कानुनी सीमाभन्दा ११८ प्रतिशत बढी खर्च गरेको पाइएको छ ।

‘उम्मेदवारले खर्च देखिने ब्यानर, र्‍याली, कोणसभा, भोजभतेर आदिको साटो नदेखिने च्यानल (अदृश्य तर प्रभावशाली सूचना तथा सञ्चार प्रणाली, डिजिटल प्रचार, सामाजिक सञ्जाल, अनौपचारिक परिचालन)तर्फ सरेको देखियो । जसले अनुगमनलाई थप कठिन बनाउँछ र बनाएको देखियो । मित्थ्या सूचना, दुष्प्रचार, चरित्रहत्याजस्ता प्रणालीगत दुष्प्रचार तथा प्रयोग रोकथाम तथा नियन्त्रणमा आवश्यक कानुनी प्रबन्धको अभाव देखियो’, प्रतिवेदनमा भनिएको छ ।

कूल खर्चको ८२ प्रतिशत प्रचार अभियान अवधिमा भएको र चार प्रतिशत खर्च निर्वाचनको दिन (प्रचार निषेधको अवधि)मै भएको देखिएको प्रतिवेदनले जनाएको छ । 

उम्मेदवारको आम्दानीको स्रोत सार्वजनिक र अनिवार्य रूपमा खुलासा गरिनुपर्ने,  डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लङ्घन पत्ता लगाउन प्रविधिमैत्री अनुगमन प्रणाली विकास गरिनुपर्ने, खर्च विवरण पेस गर्ने हालको प्रक्रियाको सट्टा निर्वाचन आयोगले सक्रिय अनुगमन टोली परिचालन गरी आचारसंहिता उल्लङ्घनकर्तालाई तत्काल कारबाही गर्ने व्यवस्था मिलाउनुपर्ने सुझावहरू दिइएको इओसीका अध्यक्ष सुवेदीले बताए ।

यससैगरी  छुट्टै बैंक खाताबाट खर्च गर्ने व्यवस्थालाई व्यावहारिक र सरल बनाइनुपर्ने, निर्वाचन प्रक्रियामा सार्वजनिक लेखा परीक्षणलाई सहायक संरचनाका रूपमा अनुमति दिइनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ४ : ५० बजे

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।