पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता « Khabarhub

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तान र इरानले क्षेत्रीय शान्ति, संवाद र कूटनीतिमा आ–आफ्नो दृढता व्यक्त गर्दै विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने प्रतिवद्धता गरेको पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले बुधबार बताएका छन् ।

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई बिदाइ गरेको केही समय  पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफूहरूले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरूमा केन्द्रित रहि सौहार्द्रपूर्ण छलफल गरेको बताएका छन् । 

प्रधानमन्त्री सरिफका अनुसार अमेरिका र इरानबीच इस्लामाबाद समझदारी पत्रमा हस्ताक्षर पछि  स्विजरल्याण्डको बर्गेनस्टकमा भएको पहिलो चरणको प्राविधिक वार्ताको समापन पछि यो पहिलो बैठक भएको हो ।

दुबै पक्षले यस क्षेत्रमा शान्ति र स्थिरता प्रवर्द्धन गर्न आफ्नो साझा प्रतिबद्धतालाई दोहोर्याउँदै  वार्ता र कूटनीति मार्फत बाकी विषयको समाधानको महत्वलाई जोड दिएको प्रधानमन्त्री सरिफले पुष्टि गरेका छन् ।

शान्ति, प्रगति र समृद्धिका लागि तेहरानसँग नजिकबाट काम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै उनले पाकिस्तानलाई मित्र राष्ट्र छिमेकी र मध्यस्थकर्ताका रूपमा विश्वास गरेकोमा इरानी नेतृत्वलाई धन्यवाद दिए ।

दुवै पक्षले आपसी हितका सबै क्षेत्रमा पाकिस्तान र इरानबिचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ पार्न सहयोग विस्तार गर्न सहमत भएको जनाइएको छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १२ : २७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र