२४ घण्टामा विपद्का २६ घटना : चार जनाको मृत्यु, चार घाइते « Khabarhub

२४ घण्टामा विपद्का २६ घटना : चार जनाको मृत्यु, चार घाइते


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २६ वटा विपद्जन्य घटना भएका छन् । ती घटनामा परी चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विपद् बुलेटिन अनुसार उक्त अवधिमा भएका विपद्का घटनामा २० लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । 

प्राधिकरणका अनुसार रौतहटको राजदेवी नगरपालिका–९ मा सर्पदंशबाट एक ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ। त्यसैगरी नवलपरासी (पूर्व) को सुस्ता गाउँपालिका–५ मा गोमन सर्पले टोकेपछि ७२ वर्षीया महिलाको ज्यान गएको छ । 

झापाको गौरीगञ्ज गाउँपालिकामा चट्याङ लागेर भोजपुरका ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने मोरङको बेलबारीमा छाडा साँढेको आक्रमणबाट घाइते भएकी ९५ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

सुनसरी, भोजपुर र बागलुङमा सर्पदंशका घटनामा तीन जना घाइते भएका छन् । कैलालीमा ग्यास लिक भएर आगलागी हुँदा ३२ वर्षीय पुरुष घाइते भएका प्राधिकरणले जनाएको छ । 

यता, संखुवासभाको खाँदबारी–किमाथांका सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। ताप्लेजुङमा बाढीले निर्माण सामग्री तथा पुल बगाउँदा क्षति पुगेको छ भने सोही जिल्लाको फुङ्लिङमा आगलागी हुँदा ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

देशका विभिन्न जिल्लामा भएका आगलागीका घटनाबाट घर, पसल, कार्यालय तथा सञ्चार संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ। काठमाडौं, सप्तरी, धनुषा, सर्लाही, रौतहट, दोलखा, नवलपरासी (पश्चिम), रुपन्देही र बाँकेमा आगलागीका घटना भएका छन् ।

मनसुन सक्रिय भइरहेकाले बाढी, पहिरो, चट्याङ तथा सर्पदंशबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई प्राधिकरणले आग्रह गरेको छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १ : १९ बजे

रास्वपा महाधिवेशन : खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रममन्त्री रामजी यादवको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा,

‘अलगै लेभलका मान्छे’ भनेको तीन दिनमै बालेनमाथि खनिए सीके राउत

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी

रेविज विरुद्धको खोपको अभाव छैन : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेविज विरुद्धको खोपको अभाव

रोनाल्डो भन्छन् : विश्वकपमा मेस्सीसँगको भिडन्त साँच्चिकै अद्भुत हुनेछ

काठमाडौं- ह्युस्टनमा मंगलबार उज्बेकिस्तानमाथि ५–० को शानदार जित निकालेपछि पोर्चुगिज

इरानी विदेशमन्त्री र हमास अधिकारीबीच भेटवार्ता

तेहरान– इरानका विदेश मन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकु समूह हमासका