रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास « Khabarhub

रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राजनीतिक दस्ताबेजबाट माओवादी सशस्त्र युद्धको इतिहासलाई अस्वीकार गरिदिएको छ । मंगलबार रास्वपा सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्ताबेजमा इतिहासका विभिन्न राजनीतिक परिवर्तनलाई समेटिएको भएपनि माओवादी सशस्त्र युद्ध भने अटाएको देखिँदैन ।

सभापति लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको ‘बलिदानप्रति कृतज्ञ छौँ र भविष्यप्रति विश्वस्त’ भन्ने खण्डमा २००७ सालको क्रान्ति, २०४६ सालको आन्दोलन र २०६२-६३ सालको आन्दोलनलाई सम्मानजनक इतिहासका रूपमा सम्बोधन गरिएको छ । साथै, ती क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै बलिदानको अवमूल्यन हुन नदिने प्रतिबद्धता जनाइएको छ ।

तर, झण्डै सबै राजनीतिक दलले नकारात्मक वा सकारात्मक रूपमा आफ्नो राजनीतिक दस्ताबेजमा प्रस्तुत गर्ने गरेको १० वर्षे माओवादी सशस्त्र युद्धलाई भने रास्वपाले आफ्नो राजनीतिक दस्ताबेजबाट हटाइदिएको छ । 

बरु रास्वपाले महिला, दलित, मधेसी, जनजाति, आदिवासीका आन्दोलनको बलिदान र समावेशितामा त्यसको ऐतिहासिक योगदानलाई सम्मान गर्दै आफूहरू इतिहासका कृतज्ञ उत्तराधिकारी भएको दाबी गरेको छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १ : ३९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र