रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास « Khabarhub

रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राजनीतिक दस्ताबेजबाट माओवादी सशस्त्र युद्धको इतिहासलाई अस्वीकार गरिदिएको छ । मंगलबार रास्वपा सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्ताबेजमा इतिहासका विभिन्न राजनीतिक परिवर्तनलाई समेटिएको भएपनि माओवादी सशस्त्र युद्ध भने अटाएको देखिँदैन ।

सभापति लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको ‘बलिदानप्रति कृतज्ञ छौँ र भविष्यप्रति विश्वस्त’ भन्ने खण्डमा २००७ सालको क्रान्ति, २०४६ सालको आन्दोलन र २०६२-६३ सालको आन्दोलनलाई सम्मानजनक इतिहासका रूपमा सम्बोधन गरिएको छ । साथै, ती क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै बलिदानको अवमूल्यन हुन नदिने प्रतिबद्धता जनाइएको छ ।

तर, झण्डै सबै राजनीतिक दलले नकारात्मक वा सकारात्मक रूपमा आफ्नो राजनीतिक दस्ताबेजमा प्रस्तुत गर्ने गरेको १० वर्षे माओवादी सशस्त्र युद्धलाई भने रास्वपाले आफ्नो राजनीतिक दस्ताबेजबाट हटाइदिएको छ । 

बरु रास्वपाले महिला, दलित, मधेसी, जनजाति, आदिवासीका आन्दोलनको बलिदान र समावेशितामा त्यसको ऐतिहासिक योगदानलाई सम्मान गर्दै आफूहरू इतिहासका कृतज्ञ उत्तराधिकारी भएको दाबी गरेको छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १ : ३९ बजे

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे