काठमाडौंमा फेसलेस ट्राफिक प्रणाली विस्तार गरिने « Khabarhub

काठमाडौंमा फेसलेस ट्राफिक प्रणाली विस्तार गरिने


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको फेसलेस ट्राफिक व्यवस्थापन प्रणालीलाई विस्तार गर्ने योजना बनाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वचालित निगरानी प्रणालीको विकास गर्दै सुरु गरिएको फेसलेस ट्राफिक व्यवस्थापन प्रणालीलाई योजनाबद्ध ढंगले अघि बढाउने जनाएको हो । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थितिबिना सिसिटिभी र प्रविधिको प्रयोग गरी ट्राफिक नियमको अनुगमन र कारबाही गर्न सकिने गरि फेसलेस ट्राफिक व्यवस्थापन प्रणाली सुरु गरिएको बताए ।

उनले स्वचालित निगरानी प्रणालीअनुसार विश्वसनीय र भरपर्दो तरिकाले सेवा प्रवाह हुने उल्लेख गरे । त्यस्तै सुवेदीले जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ भन्ने नाराका साथ असार १ गतेदेखि काठमाडौं उपत्यकामा ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम गरिरहेको जानकारी दिए ।

सडकमा कानुनको कार्यान्वयन गर्दै दुर्घटना न्यूनीकरण गर्नु ट्राफिक प्रहरीको महत्त्वपूर्ण जिम्मेवारी भएकाले सडक अनुशासनमा जोड दिइएको उनले बताए । सुवेदीले सहज सवारी आवागमनलाई व्यवस्थित गर्नका लागि उपत्यकामा मात्रै १६ सयको संख्यामा प्रहरी जनशक्ति परिचालन गरिएको उल्लेख गरे ।

उनले स्रोतसाधन, जनशक्तिको अधिकतम परिचालन गरेर सडक व्यवस्थापनमा लाग्दा समेत नागरिकले कल्पना गरेजस्तो व्यवस्थापन हुन नसकिरहेको अवस्था रहेको बताए ।

सडकको पूर्वाधारको विकासको अनुपातमा सवारी साधनको संख्या बढिरहेका कारण ट्राफिक व्यवस्थापनमा केही समस्या देखिएको उनको भनाइ छ ।

उनले अहिले देखिएका चुनौतीहरूलाई सामना गर्दै ट्राफिक व्यवस्थापनलाई सहज बनाउने संकल्पका साथ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अगाडि बढिरहेको धारणा राखे । 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ४ : ०३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र