सभापतिको प्रस्तावक प्रधानमन्त्री स्वयं भएपछि गुट उपगुटको चर्चा सकियो : प्रधानमन्त्रीका सल्लाहकार साह  « Khabarhub

सभापतिको प्रस्तावक प्रधानमन्त्री स्वयं भएपछि गुट उपगुटको चर्चा सकियो : प्रधानमन्त्रीका सल्लाहकार साह 


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपाका नेता तथा प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीमा कुनै गुट नभएको बताएका छन्। महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता बालेन शाह बसेपछि गुटको चर्चा अन्त्य भएको बताए ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन। सभापतिको प्रस्तावक स्वयम् प्रधानमन्त्री भएपछि यो गुट उपगुट यहीँ सकियो। गुट उपगुट भन्ने नै छैन ।’

संविधान संशोधन कार्यदलको संयोजक समेत रहेका साहले भने, ‘संविधान संशोधन राष्ट्रिय सहमति अनुसार हुन्छ । दलको आ-आफ्नो धारणा हुन्छ। बहस पत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ । सय दिनभित्रमा हामीले संविधान संशोधन बहस पत्र तयार गर्छौँ।’

प्रदेश खारेजीको प्रस्ताव आएपछि सङ्घीयता खारेज गर्ने बाटोमा जानुभयो हो ? भन्ने जिज्ञासामा उनले थपे, ‘बहस पत्र तयार गर्ने क्रममा हामीले सबैको कुरा सुन्छौँ । पूर्वराष्ट्रपतिदेखि, पूर्वप्रधानमन्त्री देखि सबैका कुराहरू सुनिरहेका छौँ । त्यसमा एउटा राष्ट्रिय सहमति हुन्छ, त्यसमा यही नै भन्ने छैन ।’
 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ४ : ४९ बजे

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको