‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा « Khabarhub

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ ।

स्वास्थ्य सेवा विभागका महाशाखाका निर्देशक हीरादेवी निरौलाका अनुसार बालबालिकाको उपचारको व्यवस्था गर्न नर्स राखिएको बताइन् । 

तीमध्ये ३२७ सङ्घीय सरकार र बाँकी प्रदेश तथा स्थानीय तहको सरकारको समन्वयमा नर्स राखिएको छ । ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम’ मार्फत ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालन गरेर बालबालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उनले बताइन्।

‘विद्यालय तहमा बालबालिकाको स्वास्थ्य उपचार गर्न  नर्सको दरबन्दी सिर्जना गरेर राख्न थालेका छौँ’, निर्देशक निरौलाले भनिन्, ‘ती नर्सले विद्यालय तहका बालबालिकाको आवश्यकताअनुसार समग्र स्वास्थ्य परीक्षण गर्दछन् ।’

नर्सले विद्यार्थीको पोषणको अवस्था, विद्यालय आए/नआएको जानकारी, रक्त अल्पताको परीक्षणलगायत काम गर्छन् । यस्तै रक्त अल्पता कम भएको अवस्थामा आइरन चक्की खान सुझाव दिने गर्दछन् । 

यसैगरी ती नर्सले विद्यार्थी विद्यालय नआए किन आएन भनेर अभिभावकसँग पनि जानकारी लिने छन् । यस्तै नर्सले आवश्यकताअनुसार विद्यार्थीलाई स्वास्थ्य शिक्षा प्रदान गर्ने छन् । 

सरकारले आव २०७६/७७ मा विद्यालयमा स्वास्थ्य समस्या समाधान गर्न र विद्यार्थीका माध्यमबाट अभिभावकलाई स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम बागमती प्रदेशबाट पाइटल कार्यक्रमको रूपमा सुरु सञ्चालन गरेको थियो । 

निर्देशक निरौलाले देशभरिका सबै विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ लागू गर्ने भने पनि आगामी वर्ष बजेट विनियोजन नभएकाले थप विद्यालयमा कार्यक्रम लागू गर्न नसकिने बताइन् । 

‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत नर्सले विद्यालयका एक छात्रा र छात्रलाई स्वास्थ्य राजदूत बनाएर स्वास्थ्य जनचेतना जगाउने कार्यक्रम पनि सञ्चालन गर्ने गर्दछन् । 
 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ४ : ५४ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७