पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए « Khabarhub

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा एक पाकिस्तानी सेना अधिकारीले सेवामा प्रयोग गर्ने पेस्तोलबाट हवाई फायर गरेका छन्।

घटनासम्बन्धी विवरणअनुसार विद्यार्थीहरूले शुल्क वृद्धि र कक्षाको समयतालिकासम्बन्धी विषयलाई लिएर विभागीय प्रमुखविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए।

त्यसक्रममा विद्यार्थी मामिला प्रमुख डा. ऐनाले प्रदर्शनकारी विद्यार्थीलाई सम्झाउने प्रयास गरेकी थिइन्।

केही विद्यार्थी पछि नहटेपछि उनले सेनाका अधिकारी समेत रहेका आफ्ना श्रीमान्लाई बोलाएकी थिइन्।

क्याम्पस पुगेका ती सेना अधिकारीले सुरुमा विद्यार्थीमाथि लाठीले कुटपिट गरेको भिडियोमा देखिएको छ। त्यसपछि सेवामा प्रयोग हुने पेस्तोल निकालेर हवाई फायर गरेको प्रत्यक्षदर्शी विद्यार्थीले बताएका छन्।

‘उहाँ क्याम्पसमा आएपछि कुनै उक्साहटबिना विद्यार्थीलाई लाठीले कुट्न थाल्नुभयो। त्यसपछि सेवाको पेस्तोल निकालेर हवाई फायर गर्नुभयो, निहत्था विद्यार्थीमाथि पेस्तोल ताक्नुभयो,’ ती विद्यार्थीले भने।

उनले घटनामा संलग्न सेना अधिकारीमाथि कारबाही गर्न माग गरेका छन्।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पाकिस्तानी सेनाले ती अधिकारीमाथि अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ। सेनाले घटनाबारे आन्तरिक छानबिनसमेत सुरु गरेको स्रोतलाई उद्धृत गर्दै एनडीटीभीले जनाएको छ।

घटनाले पाकिस्तानमा सुरक्षा निकायका अधिकारीले शैक्षिक संस्थाभित्र प्रदर्शनरत विद्यार्थीमाथि बल प्रयोग गरेको विषयमा प्रश्न उठाएको छ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ४ : ५६ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित