राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन « Khabarhub

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन


९ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश यात्राका क्रममा कलशमा छायाँ दर्शन गरी टीका, फूल तथा प्रसाद ग्रहण गरेका छन् ।

चाँगुनारायण कलश यात्राका सहभागी तथा पूजारीसहितको टोली मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेको थियो। त्यहाँ राष्ट्रपति पौडेलले विधिपूर्वक कलशमा आफ्नो छायाँ दर्शन गरी टीका, फूल र प्रसाद ग्रहण गरे ।

भक्तपुरस्थित प्रसिद्ध चाँगुनारायण मन्दिरबाट नारायण, लक्ष्मी र सरस्वतीको प्रतीकका रूपमा तीनवटा कलश पैदल यात्रामार्फत काठमाडौंको हनुमानढोका तथा वसन्तपुर ल्याउने परम्परा रहेको छ ।

वसन्तपुरमा कलश ल्याएपछि विधिपूर्वक पूजा सम्पन्न गरिन्छ । त्यसपछि राष्ट्रप्रमुखले कलशमा आफ्नो छायाँ दर्शन गरी टीका, फूल तथा प्रसाद ग्रहण गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ ।

चाँगुनारायणको कलश यात्रा धार्मिक आस्था र परम्परासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक परम्पराका रूपमा मनाइँदै आएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  ८ : ५३ बजे

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका