राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन « Khabarhub

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश यात्राका क्रममा कलशमा छायाँ दर्शन गरी टीका, फूल तथा प्रसाद ग्रहण गरेका छन् ।

चाँगुनारायण कलश यात्राका सहभागी तथा पूजारीसहितको टोली मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेको थियो। त्यहाँ राष्ट्रपति पौडेलले विधिपूर्वक कलशमा आफ्नो छायाँ दर्शन गरी टीका, फूल र प्रसाद ग्रहण गरे ।

भक्तपुरस्थित प्रसिद्ध चाँगुनारायण मन्दिरबाट नारायण, लक्ष्मी र सरस्वतीको प्रतीकका रूपमा तीनवटा कलश पैदल यात्रामार्फत काठमाडौंको हनुमानढोका तथा वसन्तपुर ल्याउने परम्परा रहेको छ ।

वसन्तपुरमा कलश ल्याएपछि विधिपूर्वक पूजा सम्पन्न गरिन्छ । त्यसपछि राष्ट्रप्रमुखले कलशमा आफ्नो छायाँ दर्शन गरी टीका, फूल तथा प्रसाद ग्रहण गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ ।

चाँगुनारायणको कलश यात्रा धार्मिक आस्था र परम्परासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक परम्पराका रूपमा मनाइँदै आएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ८ : ५३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका