काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी « Khabarhub

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पनौती जलमापन केन्द्रमा रोशी खोलाको जलसतह बिहीबार बिहान ५:३० बजे सतर्कता तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेको छ।

खोलामा जलसतह निरन्तर बढिरहेकाले तल्लो तटीय क्षेत्र तथा विगतमा डुबान भइरहने स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सजगता र सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

अविरल वर्षाका कारण खोलामा बहाव तीव्र भएकाले बिहानसम्म जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदी आसपास नजान सुरक्षा निकाय तथा स्थानीय प्रशासनले समेत अपिल गरेका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ५ : ४८ बजे

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन