शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा « Khabarhub

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहानैदेखि देशका विभिन्न भागमा भारीदेखि धेरै भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाले जारी गरेको ताजा मौसमी बुलेटिन अनुसार कोशी, बागमती तथा गण्डकी प्रदेशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षा दर्ता भएको छ।

यसैगरी लुम्बिनी प्रदेशका थोरै स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा भइरहेको छ भने देशका बाँकी अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा जारी रहेको महाशाखाले जनाएको छ।

लगातारको वर्षाका कारण नदी तथा खोलाहरूमा जलसतह तीव्र रूपमा बढ्न सक्ने, पहिरो तथा डुबानको जोखिम उच्च रहने भएकाले जल तथा मौसम विज्ञान विभागले तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई विशेष पूर्वसतर्कता अपनाउन अपिल गरेको छ।

बाढी पूर्वानुमान महाशाखाले बाढी तथा डुबान सम्बन्धी जानकारीका लागि महशुल नलाग्ने फोन नम्बर ११५५ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको १२३४ मा सम्पर्क गरी पूर्वसूचना प्राप्त गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ७ : २२ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले