परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका क्रममा न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा भेटवार्ता भएको छ। महासभाको साइडलाइनमा भएको उक्त द्विपक्षीय वार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा आपसी हितका विविध विषयमा गहन छलफल भएको छ।

भेटका क्रममा नेपालमा हालै आएको विनाशकारी बाढीबाट पुगेको जनधनको क्षति र त्यसपछि जारी उद्धार, राहत, पुनःस्थापना एवम् पुनर्निर्माणका प्रयासबारे मन्त्री खनालले जानकारी गराएका थिए। सो अवसरमा उनले विपद्पछिको संकटमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरे।

भेटवार्तामा मन्त्री खनाल र अस्ट्रेलियाली विदेशमन्त्री वोङबीच दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र आगामी दिनमा द्विपक्षीय सहकार्यका नयाँ क्षेत्रहरू विस्तार गर्नेबारे सकारात्मक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ८ : ३० बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि