परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका क्रममा न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा भेटवार्ता भएको छ। महासभाको साइडलाइनमा भएको उक्त द्विपक्षीय वार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा आपसी हितका विविध विषयमा गहन छलफल भएको छ।

भेटका क्रममा नेपालमा हालै आएको विनाशकारी बाढीबाट पुगेको जनधनको क्षति र त्यसपछि जारी उद्धार, राहत, पुनःस्थापना एवम् पुनर्निर्माणका प्रयासबारे मन्त्री खनालले जानकारी गराएका थिए। सो अवसरमा उनले विपद्पछिको संकटमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरे।

भेटवार्तामा मन्त्री खनाल र अस्ट्रेलियाली विदेशमन्त्री वोङबीच दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र आगामी दिनमा द्विपक्षीय सहकार्यका नयाँ क्षेत्रहरू विस्तार गर्नेबारे सकारात्मक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ८ : ३० बजे

च्यासलमा खोलाको बहाव बढेपछि आवतजावतमा रोक (तस्बिरहरू)

काठमाडौं– ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालय आसपासको क्षेत्रमा खोलाको

नुवाकोटको धुन्चेमा त्रिशूली नदीले सतर्कता तह पार गर्यो, खतराको जोखिम

काठमाडौं– त्रिशूली नदीले नुवाकोट क्षेत्रमा सतर्कता तह पार गरेको छ

हर्मुज पूर्ण रूपमा खोल्न ८० राष्ट्रको आह्वान

न्युयोर्क– बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा

बलिउडका चर्चित हास्य अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन

काठमाडौं– भारतीय चलचित्र क्षेत्रमा आफ्नो फरक हास्य शैली र अभिनयबाट

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

धनगढी– हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको