जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार « Khabarhub

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ की ३३ वर्षीया एक महिलाको जटिल प्रसूति समस्यापछि हवाई उद्धार गरिएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत उनलाई आश्विन ८ गते थप उपचारका लागि हवाई माध्यमबाट सुर्खेत पुर्‍याइएको मन्त्रालयले जनाएको छ ।

स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले महिलाको तत्काल उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा प्रसूति सेवा लिन कठिनाइ हुने गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुरक्षित रूपमा सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुर्‍याउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रमअन्तर्गत जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य अवस्था र आवश्यकताका आधारमा हवाई माध्यमबाट उद्धार गरी सुविधासम्पन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुर्‍याउने गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १ : २० बजे

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा