न्युयोर्कमा नेतान्याहुविरुद्ध प्रदर्शन, हलिउड अभिनेत्री सारन्डन पक्राउ « Khabarhub

न्युयोर्कमा नेतान्याहुविरुद्ध प्रदर्शन, हलिउड अभिनेत्री सारन्डन पक्राउ


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध बिहीबार न्युयोर्कमा भएको प्रदर्शनका क्रममा हलिउड अभिनेत्री सुसान सारन्डन र ‘ह्याक्स’की अभिनेत्री ह्याना आइनबिन्डर पक्राउ परेका छन्।

नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने तयारी गरिरहेका बेला भएको प्रदर्शनका क्रममा सारन्डनलाई न्युयोर्क प्रहरी (एनवाईपीडी)का अधिकारीहरूले हतकडी लगाएर नियन्त्रणमा लिएको हो।

‘ज्युइस भ्वाइस फर पिस’ले आयोजना गरेको प्रदर्शनबाट आइनबिन्डरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको ‘न्युयोर्क पोस्ट’ले जनाएको छ। पक्राउबारे प्रतिक्रिया माग्दा न्युयोर्क प्रहरीले तत्काल जवाफ नदिएको जनाइएको छ।

नेतान्याहुले संयुक्त राष्ट्रसङ्घमा सम्बोधन गरिरहँदा प्रदर्शनकारीहरूले ‘इजरायललाई हतियार दिन बन्द गर’ र ‘नरसंहार अन्त्य गर’ लेखिएका ब्यानरसहित प्रदर्शन गरेका थिए।

महासभामा नेतान्याहुले सम्बोधन सुरु गरेलगत्तै दर्जनौँ देशका प्रतिनिधि सभाकक्षबाट बाहिरिएका थिए। सम्बोधनका क्रममा उनले हालै इजरायलको आलोचना गरेका मित्र तथा शत्रु राष्ट्रहरूको आलोचना गरे। प्यालेस्टाइनलाई राज्यको मान्यता दिने निर्णय गरेका बेलायत र फ्रान्सप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे।

‘द रकी हरर पिक्चर शो’, ‘डेड म्यान वाकिङ’ र ‘द विचेज अफ ईस्टविक’ लगायत चलचित्रमा अभिनय गरेकी सारन्डन गाजामा इजरायलले सञ्चालन गरेको युद्धविरुद्धका प्रदर्शनमा सहभागी हुँदै आएका छन् ।

उहाँले यसै महिना भेनिस फिल्म फेस्टिभलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्ना राजनीतिक अभिव्यक्तिका कारण आफूले चलचित्रमा काम गुमाइरहेको बताए थिए।  सारन्डनले आफ्ना विचारका कारण केही एजेन्सीले आफूलाई काम नदिन आग्रह गरेको दाबी गर्दै चलचित्र क्षेत्रमा अझै पनि ‘जायोनिस्टहरूको बलियो प्रभाव’ रहेको बताएका थिए।

साथै, उनले आफ्नो परिवार र समर्थकहरूबाट आफूले सहयोग पाइरहेको बताएका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १ : ४७ बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन