कांग्रेसको सर्वसम्मत नेतृत्व चयन « Khabarhub

कांग्रेसको सर्वसम्मत नेतृत्व चयन


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बाजुरा– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बाजुराका ६७ वटा वडा र सात पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । 
    
आजसम्म जिल्लाका ६९ मध्ये ६७ वडा र नौवटा स्थानीय तहमध्ये सात वटामा सर्वसम्मत नेतृत्व चयन भएको हो । नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बडुवालका अनुसार गौमुल गाउँपालिका–४ र ५ बाहेक अन्य सबै वडामा सफलतापूर्वक अधिवेशन सम्पन्न भएको छ । 

पार्टीको पालिका अधिवेशनअन्तर्गत हिमालीमा चन्द्रादेवी बुढा, खप्तड छेडेदहमा हर्कबहादुर शाही, स्वामीकार्तिक खापर गाउँपालिकामा विष्णु बुढा सभापति रहने गरी सर्वसम्मत नयाँ नेतृत्व चयन भएको बडुवालले बताए। 

उनका अनुसार जगन्नाथमा कपुर गिरी, बुढीनन्दामा टेकबहादुर रोकाया, बडीमालिका नगरपालिकामा उमाकान्त उपाध्याय र गौमुल गाउँपालिकामा गोरख रोकाया सभापति चयन भएका छन् । 

अब बाँकी रहेका त्रिवेणी र बूढीगङ्गामा सर्वसम्मत नेतृत्व चयन गर्न खोजिएको र हालसम्म सहमतिकै प्रयास भइरहेको पार्टी उपसभापति बडुवालले जानकारी दिए ।
 

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १ : ५६ बजे

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान