धौलीगङ्गा जलविद्युतका बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह « Khabarhub

धौलीगङ्गा जलविद्युतका बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । 

एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन भारतबाट प्राप्त पत्रअनुसार आइतबार राति १२ः०० बजेदेखि सोमबार बिहान १०ः०० बजेसम्म सिल्ट सफाइ (जलविद्युत् आयोजना, सिँचाइ नहर, ढलको लेदो, बाक्लो माटो वा बालुवा सफा गर्ने प्रविधि)का लागि बाँध खोलिने भएको हो ।

यसअघि गत साउन १३ गते पनि धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको थियो । सिल्ट सफाइका लागि परियोजनाको बाँधको ढोका खोलिने भएपछि महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिए । बाँध खोलिने समयमा नदी तटीय क्षेत्रका स्थानीयलाई नदीकिनारमा नजान आग्रह गरिएको उनले बताए।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान प्रशासनले अनुरोध गरेको हो । 

दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्नुपूर्व भारतीय पक्षले नेपाली पक्षलाई सतर्कताका लागि जानकारी गराउने बताउँदै अर्यालले सोहीअनुसार यता पनि सतर्कता अपनाइने बताए।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ३ : ३२ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम