अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ? « Khabarhub

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध हुन पुगेका छन् । 

नेपाल प्रहरीले शुक्रबार दिउँसो ३ बजेसम्मको गरेको अद्यावधिक स्थिति अनुसार जारी गरेको तथ्यांक अनुसार देशका विभिन्न भागमा भएको अविरल वर्षा, बाढी तथा पहिरोका कारण मुख्य तथा सहायक राजमार्गहरू पूर्ण एवं आंशिक रूपमा अवरुद्ध भएका छन् । 

मौसमजन्य जोखिम तथा सम्भावित विपद् न्यूनीकरणका लागि प्रहरी प्रशासनले उपत्यका, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै जिल्लाहरूमा रात्रिकालीन सवारी साधन आवागमनमा पूर्ण रोक तथा नियन्त्रण लागू गरेको छ ।

काठमाडौँ उपत्यका र बागमती प्रदेशको सडक तथा सवारी स्थिति

ललितपुरको वाग्मती गाउँपालिका-३ भट्टेडाँडा स्थित पाण्डुर, टाकुर्दे र गोदावरी नगरपालिका-६ बिसुँधारामा पहिरो जाँदा कान्तिलोकपथ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिका-८ किन्तिबेसी तथा मकवानपुरको भिमफेदी गाउँपालिका-८ बगुवा खोलामा पहिरो जाँदा बिपी राजमार्ग र कान्तिलोकपथ ठप्प भएका छन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभिर तथा गजुरी गाउँपालिका-२ परेवा भिरमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध भएको छ भने ज्यावडखोलामा पहिरो हटाई एकतर्फी सुचारु गरिएको प्रहरीले जनाएको छ । यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीमा पहिरो जाँदा महेन्द्र राजमार्ग पूर्ण अवरुद्ध भएको छ ।

प्रहरीले चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा आवागमन पूर्ण बन्द गरेको छ भने इच्छाकामना गाउँपालिका ४ धारापानीमा साना सवारी र मोटरसाइकल मात्र पास हुन सक्ने अवस्था छ । नुवाकोटको टोखा-छहरे सडक खण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।

काभ्रे, सिन्धुली, मकवानपुर, दोलखा र सिन्धुपाल्चोकका मुख्य तथा भित्री सडकहरूमा बिहीबारदेखि ११ गतेसम्म तोकिएको रात्रिकालीन समयमा सवारी साधन चलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।

कोशी प्रदेशका राजमार्ग तथा सम्भावित जोखिम क्षेत्रहरू

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ र ७ को सिमाना स्थित भँडारे खोलामा बाढी आउँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ। पाँचथरको तुम्बेवा गाउँपालिका(२ नावाखोलामा बाढी आएकाले तमोर-कोरिडोर पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सोलुखुम्बु जिल्लामा बिहीबारदेखि १२ गतेसम्म भारी वर्षाको पूर्वानुमान रहेकाले साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन तथा पैदल यात्रीको आवतजावतमा पूर्ण रोक लगाइएको छ ।

त्यस्तै, इलाम जिल्लाका मेची राजमार्ग र मेची कोरिडोर लगायतका सडकहरूमा बिहीबारदेखि ११ गतेसम्म रात्रिकालीन आवागमन बन्द गरिएको छ भने भोजपुरमा एम्बुलेन्स, दमकल र खाद्यान्न जस्ता अत्यावश्यक सवारी प्रहरीको समन्वयमा मात्र सञ्चालन गर्न पाइने निर्णय गरिएको छ ।

गण्डकी प्रदेशमा पहिरो र यात्रा नियन्त्रण

मनाङको नासो गाउँपालिका-३ खोत्रोमा पहिरो जाँदा चामे(बेशिसहर सडक खण्ड पूर्ण अवरुद्ध भएको छ ।

मनाङको बेशिसहर(खाडसार सडक खण्डमा बिहीबारदेखि १२ गतेसम्म साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । कास्की, मुस्ताङ, पर्वत, म्याग्दी र नवलपरासी पूर्व जिल्लाहरूमा बिहीबारदेखि ११ गतेसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म रातको समयमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।

लुम्बिनी प्रदेशको सडक तथा राजमार्ग स्थिति

प्रहरीका अनुसार पाल्पाको तानसेन नगरपालिका १३ बैकुण्ठे भीरमा पहिरो जाँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । रोल्पाको रोल्पा नगरपालिका(७ माडिचौर स्थित मदन भण्डारी राजमार्गमा बिहीबारदेखि १२ गतेसम्म सवारी आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।

राप्ती राजमार्ग (तुलसीपुर-कपुरकोट), भालुवाङ-चकचके, भालुवाङ-गनाहा खोला तथा घोराही-होलेरी र घोराही-मुर्कुटी सडक खण्डहरूमा बिहीबारदेखि ११ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म रात्रिकालीन सवारी साधन आवागमनमा पूर्ण रोक लगाइएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ५ : १२ बजे

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा