करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते « Khabarhub

करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए ।

घरमा टेलिभिजन चलाउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लाग्दा आकाश गम्भीर घाइते भएका थिए । उपचारका लागि उनलाई प्रादेशिक अस्पताल कलैया लगिएकामा चिकित्सकले इसिजी परीक्षण गर्दा अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको जनाएको प्रवक्ता घलेले जानकारी दिए ।

प्रहरी प्रवक्ता घलेका अनुसार करेन्टबाट बालकलाई छुटाउने क्रममा उनकी हजुरआमा ७० वर्षीया ऐतबरिया देवी, दिदी १२ वर्षीया निलम, छिमेकी ४० वर्षीया फूलकुमारी राम र ४१ वर्षीया अनिता शर्मा गम्भीर घाइते भएका छन् ।

उनीहरूमध्ये ऐतबरिया, फूलकुमारी र अनिताको कोल्हवीस्थित तामागढी अस्पतालमा उपचार भइरहेको छ भने निलमको कोल्हवीस्थित सिटी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ६ : २१ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष