कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन « Khabarhub

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मकवानपुर जिल्लामा शनिबारका लागि तय गरिएको प्रदेशसभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरिएको छ ।

पार्टी अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत अधिवक्ता राजकुमार उप्रेतीले आज सूचना जारी गर्दै मौसम पुर्वानुमान महाशाखाद्वारा जारी सूचना एवम् नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको असोज ८ गतेको प्रेस विज्ञप्ती समेतको आधारमा मकवानपुरमा पार्टीको भोलि शनिबार हुने भनिएका प्रदेश सभा क्षेत्रीय अधिबेशन असोज १३ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १४ गते गरिने जानकारी दिए ।

वर्षाको सम्भावनालाई दृष्टिगत गरी पार्टीको शनिबार हुने भनिएका प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशका निर्वाचन कार्यक्रमहरू अन्य जिल्लाहरूमा पनि सारिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १० : ५० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा