युट्युब पत्रकारितालाई नियमन र दायरामा ल्याउनुपर्ने विषय सकारात्मक : सञ्चारमन्त्री « Khabarhub

युट्युब पत्रकारितालाई नियमन र दायरामा ल्याउनुपर्ने विषय सकारात्मक : सञ्चारमन्त्री


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई नीतिगत तहमा सुधार गर्ने प्रयास भइरहेको बताएका छन् । 

बुधबार काठमाडौंमा गिद्दे प्रेसको दोश्रो वार्षिकोत्सव कार्यक्रममा मन्त्री तिमिल्सिनाले मन्त्री पद निश्चित अवधिको जिम्मेवारी मात्र भएको उल्लेख गर्दै त्यसपछि पनि सञ्चार तथा पत्रकारिता क्षेत्रमा योगदान पुराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले सरकारले आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकको कानुनी सुधारका लागि काम भइरहेको धारणा राखे । नयाँ पत्रकारिताका आयामहरुलाई समेत राज्यले चिन्ने गरि कानून निर्माण गरिने उनले बताए ।

उनले युट्युब पत्रकारितालाई नियमन र दायरामा ल्याउनुपर्ने विषय सकारात्मक भएको बताए । 

मन्त्री तिमिल्सिनाले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसलाई प्रतिष्ठित क्षेत्रको रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकार भुपाल लुइँटेललाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  १२ : १६ बजे

बालश्रम रोक्न कानुनसँगै परिवारको आर्थिक अवस्था सुधार्नुपर्नेमा जोड

काठमाडौँ – बालश्रम अन्त्यका लागि कानुनी प्रतिबन्धसँगै गरिबी, बेरोजगारी र

राजमार्ग अतिक्रमित संरचना हटाउन सुरु

जुम्ला– सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला क्षेत्रमा सडक

काठमाडौँ-धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

बनेपा– काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाले धुलिखेल क्षेत्रमा पर्यटन प्रवर्द्धन

अब एक्स्ट्रिममा पाँच नयाँ स्वादको मज्जा, उपभोक्तालाई थप विकल्प

काठमाडौं– एक्स्ट्रिममले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु

युट्युब पत्रकारितालाई नियमन र दायरामा ल्याउनुपर्ने विषय सकारात्मक : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता