अखाद्य पदार्थ मिसाएर नक्कली मह बेच्ने एक जना पक्राउ « Khabarhub

अखाद्य पदार्थ मिसाएर नक्कली मह बेच्ने एक जना पक्राउ


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अखाद्य पदार्थ मिसाएर नक्कली मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले काठमाडौँको टोखाबाट एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले टोखा नगरपालिका–१ स्थित भण्डारे क्षेत्रबाट धादिङको सिद्धलेक गाउँपालिका–२ का ४४ वर्षीय लक्ष्मण गुरुङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार गुरुङले महमा अखाद्य पदार्थ मिसावट गरी बिक्री वितरण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीसँगबाट नक्कली महसमेत बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  २ : ०६ बजे

दसौँ राष्ट्रिय खेलकुद : फुटबलमा आर्मीको विजयी सुरुवात, लुम्बिनी ३–० ले पराजित

कर्णाली- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी

पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्नु आपत्तिजनक : अध्यक्ष  शर्मा

काठमाडौं– पत्रकारमाथि गरिएको धरपकडको विरोध गर्दै पत्रकार महासङ्घले काठमाडौंमा विरोध

हर्मुजमा अमेरिकाले दुई ड्रोन खसालेको इरानको दाबी

तेहरान – इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी

अखाद्य पदार्थ मिसाएर नक्कली मह बेच्ने एक जना पक्राउ

काठमाडौँ – अखाद्य पदार्थ मिसाएर नक्कली मह उत्पादन तथा बिक्री वितरण

अटिजम भएका बालबालिकाका लागि काठमाडौं महानगरले बनाउँदै विशेष विद्यालय

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडा नम्बर २९, अनामनगरमा अटिजम विद्यालय तथा