हर्मुजमा अमेरिकाले दुई ड्रोन खसालेको इरानको दाबी « Khabarhub

हर्मुजमा अमेरिकाले दुई ड्रोन खसालेको इरानको दाबी


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान (ड्रोन) खसालेको दाबी गरेको छ।

इरानी सेनाका अनुसार एमक्यू–९ ड्रोन जलघाँटीको पूर्वी क्षेत्रमा र लुकास आत्मघाती ड्रोन पश्चिमी क्षेत्रमा खसालिएको हो। यद्यपि, इरानको उक्त दाबीबारे अमेरिकाले पुष्टि गरेको छैन।

अमेरिकाको सैन्य उपस्थितिको विरोध र इरानमाथि थपिएका आर्थिक प्रतिबन्धका कारण दुई देशबीच तनाव बढिरहेका बेला इरानले यस्तो दाबी गरेको हो।

यसैबीच, इरानी सांसद इब्राहिम अजिजीले प्रतिबन्ध र अवरोधको युग समाप्त हुँदै गएको तथा नयाँ विश्व व्यवस्था स्थापित भइरहेको दाबी गरेका छन्। सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईले पनि अमेरिकालाई इरानमाथि नौसैनिक नाकाबन्दी लगाउने प्रयास नगर्न चेतावनी दिएका छन्। उनले इरानी सेना कुनै पनि नाकाबन्दी वा सैन्य आक्रमणको सामना गर्न तयार रहेको बताएका छन्।

यसअघि अमेरिकी अर्थ मन्त्रालयले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत दुई दर्जनभन्दा बढी इरानी मुद्रा विनिमय केन्द्र, अगाडि राखिएका कम्पनी तथा वित्तीय कारोबारमा संलग्न व्यक्तिमाथि प्रतिबन्ध लगाएको थियो। इरानको अनौपचारिक बैंकिङ सञ्जाल कमजोर पार्ने र विदेशी मुद्रा प्राप्त गर्ने पहुँच सीमित गर्ने उद्देश्यले प्रतिबन्ध लगाइएको मन्त्रालयले जनाएको छ।

यसअघि नोभेम्बर १४ मा पनि इरानले केशम टापुमा अमेरिकी एमक्यू–१ ड्रोन खसालेको दाबी गरेको थियो। इरानी अधिकारीहरूले हर्मुजको प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेका केही जहाज समुद्री बारुदी सुरुङमा परेको र एउटा तेल ट्याङ्करमा आगलागी भएको आरोपसमेत लगाएका छन्।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  २ : १० बजे

दसौँ राष्ट्रिय खेलकुद : फुटबलमा आर्मीको विजयी सुरुवात, लुम्बिनी ३–० ले पराजित

कर्णाली- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी

पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्नु आपत्तिजनक : अध्यक्ष  शर्मा

काठमाडौं– पत्रकारमाथि गरिएको धरपकडको विरोध गर्दै पत्रकार महासङ्घले काठमाडौंमा विरोध

हर्मुजमा अमेरिकाले दुई ड्रोन खसालेको इरानको दाबी

तेहरान – इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी

अखाद्य पदार्थ मिसाएर नक्कली मह बेच्ने एक जना पक्राउ

काठमाडौँ – अखाद्य पदार्थ मिसाएर नक्कली मह उत्पादन तथा बिक्री वितरण

अटिजम भएका बालबालिकाका लागि काठमाडौं महानगरले बनाउँदै विशेष विद्यालय

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडा नम्बर २९, अनामनगरमा अटिजम विद्यालय तथा