काठमाडौँ- काठमाडौँको चाबहिल क्षेत्रबाट प्रहरीले लागूऔषध ट्रामाडोलका एक हजार पाँच ट्याबलेटसहित चार जनालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–७ चाबहिलबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ का २६ वर्षीय सलमान तामाङ, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ का २५ वर्षीय अनिश राई, मोलुङ गाउँपालिका–७ का २१ वर्षीय निकेश सुनुवार र झापाको गौरादह नगरपालिका–८ का २१ वर्षीय दिवश गौतम रहेका छन्।
जिल्ला प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार उनीहरूको साथबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोलका एक हजार पाँच ट्याबलेट बरामद गरिएको हो।














प्रतिक्रिया