काठमाडाैँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ। डिसेम्बर ४ देखि १३, २०२६ सम्म सञ्चालन हुने ‘गेलेफु टि–२० च्याम्पियनसिप २०२६’ का लागि क्यानले युवा र अनुभवी खेलाडी समेट्दै टोली सार्वजनिक गरेको हो।
घोषित टोलीको कप्तानी सन्तोष यादवले गर्ने छन्। टोलीका अन्य सदस्यमा विवेक यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिश जिसी, अर्जुन घर्तीमगर, दीपक डुम्रे, रूपेश सिंह, दीपेश कँडेल, अभिषेक तिवारी, विशाल सुस्लिङ, अभिषेक पाल र इमरान शेख रहेका छन्।














प्रतिक्रिया