काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गएका छन् । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पुगेर बुधबार दिउँसो राष्ट्रपति पौडेलले स्वास्थ्य जाँच गराएका हुन्।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार यो उनको नियमित स्वास्थ्य जाँच हो । उनले मनमोहन सेन्टर एनेक्स भवनमा इसिजी र एमआरआईलगायत जाँच गराएका छन् ।













प्रतिक्रिया