आईपीएल अक्सनका लागि १० नेपाली क्रिकेटरले गराए नाम दर्ता « Khabarhub

आईपीएल अक्सनका लागि १० नेपाली क्रिकेटरले गराए नाम दर्ता


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को खेलाडी अक्सनका लागि १० नेपाली क्रिकेटरले नाम दर्ता गराएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले बुधबार सार्वजनिक गरेको अक्सन दर्ता सूचीअनुसार एसोसिएट राष्ट्रतर्फबाट नेपालका १० खेलाडी समावेश भएका हुन्।

टाटा आईपीएल २०२७ को अक्सन रजिस्टरमा कुल १ हजार २ सय २० खेलाडीको नाम दर्ता भएको छ। जसमध्ये ९ सय ३९ भारतीय र १७ देशका २ सय ८१ विदेशी खेलाडी रहेका छन्।

विदेशी खेलाडीमध्ये एसोसिएट राष्ट्रबाट कुल ४२ खेलाडीले नाम लेखाएका छन्। एसोसिएट राष्ट्रतर्फ अमेरिकाबाट सर्वाधिक १३ खेलाडी दर्ता हुँदा नेपाल र युएईबाट समान १०–१० खेलाडीको नाम समावेश छ।

यस्तै, नेदरल्यान्ड्सबाट ३ तथा क्यानडा, जापान र स्कटल्यान्डबाट समान २–२ खेलाडी दर्ता भएका छन्।

पूर्ण सदस्य राष्ट्रतर्फ भने अस्ट्रेलियाबाट सर्वाधिक ५३ खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका छन्। त्यसपछि दक्षिण अफ्रिकाबाट ४०, वेस्ट इन्डिजबाट ३६, न्युजिल्यान्डबाट २५, अफगानिस्तानबाट २३, श्रीलंकाबाट २१, इङ्ल्यान्डबाट १६, बङ्गलादेशबाट १२, आयरल्यान्डबाट ७ र जिम्बावेबाट ६ खेलाडी सूचीमा अटाएका छन्। कुल १ हजार २ सय २० खेलाडीमध्ये १ सय ८४ ‘क्याप्ड’, ९ सय ९४ ‘अनक्याप्ड’ र ४२ एसोसिएट राष्ट्रका खेलाडी छन्।

दस फ्रेन्चाइज टोलीले अक्सनअगावै १ सय ८४ खेलाडी ‘रिटेन’ वा छनोट गरिसकेकाले अब अक्सनबाट अधिकतम ६६ स्थान मात्र पूर्ति गरिने छ। तीमध्ये विदेशी खेलाडीका लागि २५ स्थान मात्र रिक्त छन्।

नेपाली १० खेलाडीको नाम प्रारम्भिक दर्ता सूचीमा समेटिए पनि फ्रेन्चाइज टोलीहरूको छनोटका आधारमा बिसिसिआईले आगामी मङ्सिर १८ गते (डिसेम्बर ४) सार्वजनिक गर्ने अन्तिम अक्सन सूचीमा को–को अटाउँछन् भन्ने तय हुने छ। आईपीएल २०२७ को अक्सन पुस १ गते (डिसेम्बर १६) भारतको गोवामा आयोजना हुने तय भएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ४ : ४१ बजे

विराटनगर जुट मिल सञ्चालनको  तयारी, लगानीकर्तालाई ३५ दिनको समय

काठमाडौँ – लामो समयदेखि बन्द अवस्थामा रहेको देशको पहिलो आधुनिक

गाउँको खेतमा जनमोर्चाको सामूहिक खेती, ३३ रोपनीमा फलाए धान (तस्बिरहरू)

बागलुङ– राष्ट्रिय जनमोर्चाले बागलुङमा सामूहिक धान खेती गरेको छ ।

कृषि उत्पादन घट्यो, औद्योगिक क्षमता उपयोग ४८ प्रतिशतमा सीमित

काठमाडौँ– गत आर्थिक वर्ष २०८२-८३ मा नेपालको आर्थिक वृद्धिदर तीन

हिसानले नेशनल स्टुडेन्ड ह्याकाथन स्टार्ट अप आयोजना गर्ने

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले

ट्रमा उपचार सेवा विस्तार गर्दै सरकार, सातै प्रदेशमा सेन्टर स्थापना गरिने

काठमाडौँ – सरकारले सडक दुर्घटना तथा अन्य विपद्मा घाइते हुने