रूपन्देहीको सालझण्डीमा ‘अभ्यास–सूर्यकिरण’ सुरु  « Khabarhub

रूपन्देहीको सालझण्डीमा ‘अभ्यास–सूर्यकिरण’ सुरु 


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास–सूर्यकिरण’ २० औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलमा सुरु भएको छ ।

मध्यपश्चिम पृतनाका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले उक्त अभ्यासको शुभारम्भ गरेका हुन्। दुवै देशका गणस्तरको फौज सम्मिलित यस अभ्यास यही मङ्सिर २२ गते सम्पन्न हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 
विसं २०६७ बाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको संयुक्त ‘अभ्यास–सूर्यकिरण’ को उन्नाइसौँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।

अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, जङ्गल युद्धकला र मानवीय सहयोगलगायत विषयमा दुई देशका सैनिकले सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदान प्रदान गर्नेछन् ।
 
सैनिक अभ्यासले दुई देशबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा पेसागत ज्ञानको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।
 

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ४ : ४० बजे

विराटनगर जुट मिल सञ्चालनको  तयारी, लगानीकर्तालाई ३५ दिनको समय

काठमाडौँ – लामो समयदेखि बन्द अवस्थामा रहेको देशको पहिलो आधुनिक

गाउँको खेतमा जनमोर्चाको सामूहिक खेती, ३३ रोपनीमा फलाए धान (तस्बिरहरू)

बागलुङ– राष्ट्रिय जनमोर्चाले बागलुङमा सामूहिक धान खेती गरेको छ ।

कृषि उत्पादन घट्यो, औद्योगिक क्षमता उपयोग ४८ प्रतिशतमा सीमित

काठमाडौँ– गत आर्थिक वर्ष २०८२-८३ मा नेपालको आर्थिक वृद्धिदर तीन

हिसानले नेशनल स्टुडेन्ड ह्याकाथन स्टार्ट अप आयोजना गर्ने

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले

ट्रमा उपचार सेवा विस्तार गर्दै सरकार, सातै प्रदेशमा सेन्टर स्थापना गरिने

काठमाडौँ – सरकारले सडक दुर्घटना तथा अन्य विपद्मा घाइते हुने