पुराना विदेशी लगानीको अभिलेखीकरण समस्या समाधान गर्न ढकालको माग « Khabarhub

पुराना विदेशी लगानीको अभिलेखीकरण समस्या समाधान गर्न ढकालको माग


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पुराना विदेशी लगानीको अभिलेखीकरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।

बाह्रौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपालमा भित्रिएका विदेशी लगानीको अभिलेखीकरण नहुँदा लगानीकर्ताले विभिन्न समस्या भोग्नुपरेको बताए ।

विशेषगरी पुराना भारतीय लगानीको अभिलेखीकरण नहुँदा व्यवसाय विस्तार गर्न, थप पुँजी भित्र्याउन, लगानीको प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत कठिनाइ भइरहेको उनको भनाइ छ ।

उनले उद्योग प्रवर्द्धन बोर्डमार्फत एकपटकका लागि पुराना विदेशी लगानीको अभिलेखीकरण गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे । यसले नेपालमा लगानी गरिरहेका विदेशी लगानीकर्तामा सकारात्मक सन्देश जाने र थप वैदेशिक लगानी आकर्षित गर्न सहयोग पुग्ने उनले बताए ।

ढकालले वर्तमान सरकारले निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति पारित गर्नु सकारात्मक भएको उल्लेख गर्दै निजी क्षेत्रलाई अर्थतन्त्रको वास्तविक संवाहकका रूपमा स्वीकार गरेको बताए ।

निजी क्षेत्र रोजगारी सिर्जना, राजस्व सङ्कलन र पूर्वाधार निर्माणको मुख्य आधार भएको उनको भनाइ थियो । पूर्वाधार सम्मेलनको तयारीका क्रममा ५९ भन्दा बढी कानुन संशोधन गर्ने सरकारको कदमको प्रशंसा गर्दै उनले त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ४ : ४७ बजे

विराटनगर जुट मिल सञ्चालनको  तयारी, लगानीकर्तालाई ३५ दिनको समय

काठमाडौँ – लामो समयदेखि बन्द अवस्थामा रहेको देशको पहिलो आधुनिक

गाउँको खेतमा जनमोर्चाको सामूहिक खेती, ३३ रोपनीमा फलाए धान (तस्बिरहरू)

बागलुङ– राष्ट्रिय जनमोर्चाले बागलुङमा सामूहिक धान खेती गरेको छ ।

कृषि उत्पादन घट्यो, औद्योगिक क्षमता उपयोग ४८ प्रतिशतमा सीमित

काठमाडौँ– गत आर्थिक वर्ष २०८२-८३ मा नेपालको आर्थिक वृद्धिदर तीन

हिसानले नेशनल स्टुडेन्ड ह्याकाथन स्टार्ट अप आयोजना गर्ने

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले

ट्रमा उपचार सेवा विस्तार गर्दै सरकार, सातै प्रदेशमा सेन्टर स्थापना गरिने

काठमाडौँ – सरकारले सडक दुर्घटना तथा अन्य विपद्मा घाइते हुने