मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने « Khabarhub

मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– मलेसिया एयरलाइन्सले आफ्नो विमान बेडा आधुनिकीकरण गर्दै लामो दूरीको उडान क्षमता विस्तार गर्न १० वटा बोइङ ७८७–१० ड्रीमलाइनर विमान खरिद गर्ने घोषणा गरेको छ । सम्झौताअनुसार थप छवटा विमान खरिद गर्न सक्ने विकल्पसमेत कम्पनीलाई उपलब्ध हुनेछ ।

मलेसिया एयरलाइन्सको मूल कम्पनी मलेसिया एभिएसन ग्रुप (एमएजी) का अध्यक्ष नसरुद्दीन ए बकरले बुधबार क्वालालम्पुरमा विमान खरिदसम्बन्धी जानकारी दिएका हुन् ।

उनका अनुसार विस्तृत मूल्यांकनपछि ड्रीमलाइनर विमानलाई छनोट गरिएको हो । यसले कम्पनीको दीर्घकालीन विस्तारका लागि आवश्यक क्षमता, सञ्चालन लचकता र इन्धन दक्षता प्रदान गर्ने उनले बताए।

सम्झौताको वास्तविक मूल्य सार्वजनिक गर्न अस्वीकार गर्दै अध्यक्ष बकरले यसलाई एमएजी र बोइङबीचको व्यावसायिक कारोबार बताए। यद्यपि, थप छुटअघि १६ वटा विमान र तिनका इन्जिनको सूची मूल्य करिब नौ अर्ब ३० करोड अमेरिकी डलर रहेको उनले जानकारी दिए ।

विमान निर्माता कम्पनीहरूले ग्राहकलाई दिने छुटका कारण वास्तविक खरिद मूल्य फरक पर्ने भएकाले पछिल्लो समय सूची मूल्य सार्वजनिक गर्न छाडेका छन् ।

करिब ३३० यात्रु बोक्न सक्ने बोइङ ७८७–१० ले एयरबस ए३५०–९०० र ए३३०–९०० नियोसँग प्रतिस्पर्धा गर्नेछ । मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनाव र इन्धन दक्षताको आवश्यकताबीच अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले विमान बेडा आधुनिकीकरण गरिरहेका बेला मलेसिया एयरलाइन्सको यो घोषणा आएको हो ।

एमएजीले गत वर्ष मार्चमा ३० वटा बोइङ ७३७–८ र ७३७–१० विमान खरिद गर्ने घोषणा गरेको थियो । अध्यक्ष बकरले नयाँ विमान छनोट यस दशकमा मलेसिया एयरलाइन्सका लागि सबैभन्दा महत्त्वपूर्ण विमान बेडा विस्तारसम्बन्धी निर्णयमध्ये एक भएको बताए । 

यसबाट खरिद गरिने विमानले आगामी दशकसम्म यात्रुलाई सेवा प्रदान गर्ने उनको भनाइ छ ।
 

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ५ : १६ बजे

यौन हिंसासम्बन्धी विधेयक संशोधन गर्न माग

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरूले यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपुरो रहेको भन्दै आवश्यक

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

चितवन– पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण

पुस्तौँदेखिको आस्थाको धरोहर रामबोले, फूलको डोलीदेखि बलि पूजासम्मको परम्परा

दोलखा– फूलको डोली, सोली, पञ्चेबाजा र परम्परागत बलि पूजाले हरेक

उद्योगीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री साह

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्योगी तथा व्यवसायीले

मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने

क्वालालम्पुर– मलेसिया एयरलाइन्सले आफ्नो विमान बेडा आधुनिकीकरण गर्दै लामो दूरीको