महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा « Khabarhub

दशौँ राष्ट्रिय खेलकुद

महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम प्रदेश क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । 

सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई ४७–३ अङ्कले पराजित गर्यो । सुदूरपश्चिमको जितमा सन्जु घिसिङले १४ अङ्क जोडिन । सुदूरपश्चिमले चारै क्वाटरमा क्रमशः २०, ११, ४ र १२ अङ्क बटुल्यो । दोश्रो क्वाटरमा ३ अङ्क जोडेको मधेस बाँकी क्वाटरमा अङ्कविहीन रह्यो ।

समूह ‘ए’ को अर्को खेलमा दिभा महर्जनको २० अङ्कको सहयोगमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ५२–१९ अङ्कले हरायो । पहिलो क्वाटरमा ८–० अङ्कले पछि परेको पुलिसले बाँकी क्वाटरको नतिजा आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गरयो ।

पुलिसले दोश्रो क्वाटरमा २०–३, तेश्रोमा १०–५ र चौथोमा १८–३ अङ्क पायो । उक्त समूहमा एपिएफ क्लब र कर्णालीबीचको खेलको नतिजाले क्वाटरफाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने छ ।

थ्री अन थ्रीमा नेपाल आर्मीले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । आर्मीले कोशी प्रदेशलाई १३–८ अङ्कले पाखा लगायो । आर्मीकी दिब्यान्सी कार्कीले ६ अङ्क बटुलिन । तीन टोली सहभागी रहेको समूह ‘ए’ विजेता हुँदै आर्मी क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।

समूह ‘बी’ बाट बागमती पनि विजेताका हैसियतले क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल रह्यो । बागमतीले मधेसलाई ८–३ अङ्कले हरायो । बागमतीकी आरुषा महर्जनले ४ अङ्क बटुलिन् ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ६ : ४१ बजे

विद्युत् चुहावट घटेर १२ प्रतिशतमा झर्‍यो, लक्ष्यभन्दा राम्रो प्रगति

काठमाडौँ- नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष

म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि

म्याग्दी– म्याग्दीमा यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा २.७०

महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

काठमाडौँ– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम

बूढीगण्डकी आयोजना निर्माणको चरणमा प्रवेश गरिसक्यो : सभामुख अर्याल

काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा