सुदूरपश्चिममा एनपीएल ट्रफी टुर : मङ्सिर १३ देखि २० गतेसम्म कहाँ कहाँ पुग्छ ? « Khabarhub

सुदूरपश्चिममा एनपीएल ट्रफी टुर : मङ्सिर १३ देखि २० गतेसम्म कहाँ कहाँ पुग्छ ?


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को ‘च्याम्पियन्स ट्रफी टुर’ को विस्तृत तालिका सार्वजनिक भएको छ। मङ्सिर १३ देखि २० गतेसम्म सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा प्रमुख धार्मिक एवं पर्यटकीय स्थलमा ट्रफी परिक्रमा गराइने छ।

तालिकाअनुसार मङ्सिर १३ गते अछाम र बाजुरामा कार्यक्रम तय गरिएको छ, जहाँ बिहान ८:३० बजे वैजनाथ मन्दिरमा दर्शन, ९:३० देखि ११:३० बजेसम्म वैजनाथ मन्दिरदेखि साँफेबगरसम्म र्‍याली र अपराह्न ४ देखि ५:३० बजेसम्म मार्तडीमा र्‍याली आयोजना हुने छ।

मङ्सिर १४ गते डोटी र डडेलधुरामा बिहान ९ बजे शैलेश्वरी मन्दिरमा कार्यक्रम, १० देखि १२ बजेसम्म शैलेश्वरी मन्दिरदेखि दिपायल बजारसम्म र्‍याली, अपराह्न ४ देखि ६:०० बजेसम्म डडेलधुरा बजारमा र्‍याली र साँझ ६:३० बजे उग्रतारा मन्दिरमा पूजा गरिने छ।

त्यस्तै, मङ्सिर १५ गते बैतडी र दार्चुलामा बिहान ८:३० बजे निङ्लासैनी मन्दिर तथा ९:३० देखि ११:३० बजेसम्म गोठालापानीमा र्‍याली हुने छ। मङ्सिर १६ गते दार्चुलामा बिहान ८:३० बजे मालिकार्जुन मन्दिर र ९:३० देखि ११:३० बजेसम्म खलङ्गा बजारमा र्‍याली आयोजना गरिने छ।

मङ्सिर १७ गते बझाङको चैनपुर बजारमा बिहान ८:३० देखि १०:३० बजेसम्म र्‍याली र मङ्सिर १८ गते डडेलधुराको परशुराम धाममा मध्याह्न १२:३० बजे ट्रफी प्रदर्शन गरिने छ।

मङ्सिर १९ गते कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा ट्रफी पुर्‍याइने छ। जसअनुसार बिहान ८:३० बजे टीकापुर पार्क, १०:०० बजे चिसापानी, ११:३० बजे लम्की, मध्याह्न १२:३० बजे घोडाघोडी ताल, अपराह्न २ बजे अत्तरिया तथा अपराह्न ४ देखि ६ बजेसम्म महेन्द्रनगर बजारदेखि दोधारा चाँदनी पुलसम्म र्‍याली हुने छ।

टुरको अन्तिम दिन मङ्सिर २० गते धनगढीमा अपराह्न ३ देखि ५ बजेसम्म चौराहादेखि महोत्सव मैदानसम्म र्‍याली र साँझ ५ बजे महोत्सव मैदानमा कन्सर्ट आयोजना गरिने छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ७ : १४ बजे

बनेपामा चलचित्र स्टुडियो निर्माण अघि बढाउन सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपामा प्रस्तावित अत्याधुनिक

सुदूरपश्चिममा एनपीएल ट्रफी टुर : मङ्सिर १३ देखि २० गतेसम्म कहाँ कहाँ पुग्छ ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को ‘च्याम्पियन्स ट्रफी

विद्युत् चुहावट घटेर १२ प्रतिशतमा झर्‍यो, लक्ष्यभन्दा राम्रो प्रगति

काठमाडौँ- नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष

म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि

म्याग्दी– म्याग्दीमा यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा २.७०