आमाको दूधको विकल्प खोज्न नहुनेमा सरोकारवालाको जोड « Khabarhub

आमाको दूधको विकल्प खोज्न नहुनेमा सरोकारवालाको जोड


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

वालिङ– सरोकार भएका निकायका प्रतिनिधिले शिशुका लागि आमाको दूधको विकल्पमा प्रयोग गरिने वस्तुले आमा र बच्चाको स्वास्थ्यमा जोखिम बढाउने भएकाले विकल्प खोज्न नहुने बताएका छन् । 

प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाद्वारा वालिङमा आयोजित कार्यक्रममा पछिल्लो समय आमाको दूधको विकल्पमा अन्य खाद्यवस्तुको प्रयोग गर्ने क्रम बढ्दै जाँदा त्यसले आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीले शिशुको स्वास्थ्य रक्षा गर्दै स्तनपानको महत्वलाई प्रवर्द्धन गर्न सरोकार भएका निकायका प्रतिनिधिले सर्वसाधारणलाई सचेत गराउनुपर्नेमा जोड दिए । 

‘स्तनपानले आमा र बच्चा  दुवैको स्वास्थ्यमा सकारात्मक फाइदा पुग्ने भएकाले आमाको दूध अमृतसमान मानिएको छ’, उनले भने, ‘स्तनपानको महत्त्व, विद्यमान ऐनमा भएका प्रावधानलगायत विषयमा जानकारी गराउँदै जनचेतना जगाउनका सरोकार भएका सबै लाग्नु जरुरी छ ।’

पछिल्लो समय स्तनपान गराउने आमाको सङ्ख्या घट्नु र बजारमा पाइने ‘फर्मुला मिल्क’को प्रयोग बढ्दो अवस्थामा रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख नेपालीले बताए । आमाको शैक्षिक तथा पारिवारिक अवस्थाले पनि स्तनपानमा फरक पार्ने गरेको उनको बुझाइ छ ।

‘स्तनपानले सन्ततिको शारीरिक विकासदेखि मानसिक स्वास्थ्यमासमेत गम्भीर असर पार्न सक्छ’, प्रमुख नेपालीले भने, ‘बच्चा जन्मिएको एक घण्टाभित्र र छ महिनासम्म आमाको दूध अनिवार्य रूपमा खुवाउन पर्छ । साथै थप पूरक आहारसँगै दुई वर्षसम्म स्तनपान गराउनु अनिवार्य हुन्छ ।’

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रण गर्ने ऐन तथा स्तनपानसम्बन्धी सरोकार भएका निकाय, स्वास्थ्यकर्मी, औषधि पसल, फार्मेसी, स्वास्थ्य क्लिनिक तथा स्थानीय अगुवालाई यसका बारेमा जानकारी गराइएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अधिकृत सृष्टि लम्सालले बताइन् ।

बजारमा उपलब्ध हुने शिशु आहार (फर्मुला मिल्क) को बढ्दो प्रयोग र त्यसका भ्रामक विज्ञापनलाई नियन्त्रण गर्न ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो । 

विसं २०४९ को ऐन अनुसार आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण गर्नेलाई कानुन अनुसार दण्ड र सजाय हुने भएकाले अनुगमन अगाडि बढाइने वालिङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत कमलप्रसाद पाण्डेले बताए  ।
 

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  २ : ०२ बजे

चिकित्सक संघको निर्वाचन प्रतिनिधिसभा निर्वाचन पछि हुने

काठमाडौं– नेपाल चिकित्सक संघको निर्वाचन अब प्रतिनिधि सभा निर्वाचन पछि

हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर

अमेरिका– अमेरिकामा हिमपहिरोले त्रास मच्चाएको छ । शनिबारदेखि सुरु भएको आँधीले हजारौँ

विवादित व्यापारीले दिएको करोडौँको गाडीबारे जवाफ नदिएरै पन्छिए बालेन्द्र

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह विभिन्न मुद्दासमेत

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ