प्रधानसेनापति खुला म्याराथनको ११औँ संस्करण २४ गते आयोजना हुने « Khabarhub

प्रधानसेनापति खुला म्याराथनको ११औँ संस्करण २४ गते आयोजना हुने


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको ११ औँ संस्करण आउँदो माघ २४ गते शनिबार आयोजना हुने भएको छ ।  

नेपाली सेनाले आइतबार भद्रकालीमा पत्रकार सम्मेलन गर्दै २६३ औँ सेना दिवसको अवसरमा आगामी माघ २४ गते प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो । 

४२.१९५ किलोमिटरको पुरुष खुल्ला म्याराथन, २१ किलोमिटरको पुरुष तथा महिला हाफ म्याराथन, १० किलोमिटर दौड र पाँच किलोमिटर वाकाथन र दौडको आयोजना हुने सेनाले जनाएको छ ।

४२.१९५ किलोमिटरको पुरुष खुल्ला म्याराथनका विजेताले तीन लाख रुपैयाँ नगदसहित मोटरसाइकल पुरस्कार जित्नेछन् । दोस्रो हुनेले दुई लाख र तेस्रो हुनेले एक लाख प्राप्त गर्नेछन् । 

त्यस्तै हाफ म्याराथनतर्फ पुरुष तथा महिला तर्फका विजेताले १ लाख रुपैयाँ र मोटरसाइकल र स्कुटर , दोस्रोले ७५ हजार र तेस्रो खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले १०, दोस्रोले ७ र तेस्रो खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्ने सेनानी गगन महतराले जानकारी दिए ।

सेनाले म्याराथनमा २ सय ५०, हाफ म्याराथनमा ६ सय, १० किमीमा ८ सय, ५ किमी वाकाथन र दौड गरी ५ सय ५० तथा अफिसियल गरी ३ सय २ हजार ५ सयको सहभागिता रहने विश्वास लिएको छ भने भद्रकालीस्थित जंगी अड्डाबाट सुरु हुने म्याराथन विभिन्न स्थान हुँदै पुनः सोही ठाउँमा आएर टुंगिने सेनाले जनाएको छ । 

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  २ : २५ बजे

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने

मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने

जनकपुर– मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य

मनसुनजन्य विपद् प्रतिकार्यमा सेनाको सक्रियता

काठमाडौँ– नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने

जनकपुर – मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान,