प्रधानसेनापति खुला म्याराथनको ११औँ संस्करण २४ गते आयोजना हुने « Khabarhub

प्रधानसेनापति खुला म्याराथनको ११औँ संस्करण २४ गते आयोजना हुने


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको ११ औँ संस्करण आउँदो माघ २४ गते शनिबार आयोजना हुने भएको छ ।  

नेपाली सेनाले आइतबार भद्रकालीमा पत्रकार सम्मेलन गर्दै २६३ औँ सेना दिवसको अवसरमा आगामी माघ २४ गते प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो । 

४२.१९५ किलोमिटरको पुरुष खुल्ला म्याराथन, २१ किलोमिटरको पुरुष तथा महिला हाफ म्याराथन, १० किलोमिटर दौड र पाँच किलोमिटर वाकाथन र दौडको आयोजना हुने सेनाले जनाएको छ ।

४२.१९५ किलोमिटरको पुरुष खुल्ला म्याराथनका विजेताले तीन लाख रुपैयाँ नगदसहित मोटरसाइकल पुरस्कार जित्नेछन् । दोस्रो हुनेले दुई लाख र तेस्रो हुनेले एक लाख प्राप्त गर्नेछन् । 

त्यस्तै हाफ म्याराथनतर्फ पुरुष तथा महिला तर्फका विजेताले १ लाख रुपैयाँ र मोटरसाइकल र स्कुटर , दोस्रोले ७५ हजार र तेस्रो खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले १०, दोस्रोले ७ र तेस्रो खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्ने सेनानी गगन महतराले जानकारी दिए ।

सेनाले म्याराथनमा २ सय ५०, हाफ म्याराथनमा ६ सय, १० किमीमा ८ सय, ५ किमी वाकाथन र दौड गरी ५ सय ५० तथा अफिसियल गरी ३ सय २ हजार ५ सयको सहभागिता रहने विश्वास लिएको छ भने भद्रकालीस्थित जंगी अड्डाबाट सुरु हुने म्याराथन विभिन्न स्थान हुँदै पुनः सोही ठाउँमा आएर टुंगिने सेनाले जनाएको छ । 

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  २ : २५ बजे

एमालेमा फर्किएको अढाई महिनामै राष्ट्रिय सभामा पुगिन् रामकुमारी

काठमाडौं- करिब चार वर्ष नेकपा एकीकृत समाजवादीमा रहेर गत मंसिर

टिचिङमा स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्ने विषयमा सरोकारवालाबीच छलफल 

काठमाडौं– स्वास्थ्य बीमा सेवा बन्द गरेका अस्पतालहरूमा पुनः सुचारु गर्ने

राष्ट्रियसभा सदस्य निर्वाचन : ९५ प्रतिशतभन्दा बढी मतदान

काठमाडौं– राष्ट्रियसभा सदस्यका लागि आज भएको मतदान उत्साहजनक एवं शान्तिपूर्ण

कर्नालमा भएको कार्यक्रममा मौनी रोयमाथि दुर्व्यवहार भएपछि…

काठमाडौं- टेलिभिजन सिरियलबाट बलिउडसम्मको चम्केकी अभिनेत्री मौनी रोयमाथि सार्वजनिक कार्यक्रममै

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो तथा पुम्से प्रतियोगिता फागुन १ देखि हुने

काठमाडौं– नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो