गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान « Khabarhub

गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन नेपाल (हान) ले भुँड्कामा सागपात आदि खाँदी अमिल्याएर बनाइने तरकारी (गुन्द्रुक) को प्रवर्द्धनका निम्ति राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ । 

हानका अध्यक्ष विनायक शाहले ‘द भ्वाइस अफ सेफ्स’को छैटौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उक्त जानकारी दिएका हुन् । 

उनले भने, ‘नेपाल आउने करिब ९० प्रतिशत विदेशी पर्यटकले नेपाली खाना खोज्ने गरेका छन् र त्यसका लागि हामीले हाम्रो परम्परागत खानालाई प्रवर्द्धन गर्नुपर्छ ।’

उनले गैरआवासीय नेपाली तथा विदेशमा रहेका नेपाली सङ्घसंस्थासँग सहकार्य गरी नेपाली खानाको प्रचार गर्ने तथा स्वदेशमा सातै प्रदेशमा खाना महोत्सवको तयारी भइरहेको जानकारी दिए । 

पर्यटन क्षेत्रका जानकार अभिषेकविक्रम शाहले नेपालीपन नहराउने गरी परिकारलाई विश्वस्तरमा पुर्‍याउन सेफहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए।  

वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले सेतो लुगामा कालोदाग लाग्न दिन नहुनेतर्फ सबै सेफ सचेत रहनुपर्नेमा जोड दिए । उनले नयाँ पुस्तालाई काममा विश्वास राख्न, पेसाको सम्मान गर्न, अनुशासनमा बस्न र सिकाइलाई कहिल्यै नछाड्न सुझाव दिए । ‘भान्सा केबल पकाउने स्थान मात्र होइन, यो देशको संस्कृति, पहिचान र परिकारलाई विश्वसामु चिनाउने मञ्च हो’, सेफ केसीले भने । 

वरिष्ठ सेफहरु श्याम लामा, रत्नबहादुर थापा, जित लामा पाख्रिन, रेशम कुमार तामाङ, प्रशिक्षक सूर्यकिरण श्रेष्ठले होटलका भान्सामा रहने सेफ कहिल्यै अवकाश नहुने भन्दै उनीहरूका निम्ति अवसर नै अवसर रहेका बताए । 

त्यस अवसरमा यस वर्षको ‘सेफ कोट’ सम्मान सज्जनचन्द्र खनाललाई प्रदान गरिएको थियो भने ‘सेलिब्रेटी सेफ’ सम्मान प्रकाश कटुवाल, ‘आर्टिस्ट सेफ’ सम्मान प्रमानन्द कुँवर, नेपाली ‘ग्यास्ट्रोनोमी एक्सिलेन्स’ सम्मान श्याम थापा, ‘अर्गनाइजेशनल लिडरसीप’ सम्मान रेशमकुमार तामाङलाई प्रदान गरिएको थियो । 

भ्वाइस अफ सेफ्सका अध्यक्ष विक्रम गिरीले पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्यले निरन्तर कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए ।
 

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ४ : १३ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले