श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया  « Khabarhub

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका लागि हानिकारक मानिने एमोनिया फेला परेको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनका क्रममा भक्तपुरमा रहेको श्रीकृष्ण बेभरेजले उत्पादन गरेको जारको पानी परीक्षण गर्दा एमोनिया पोजेटिभ पाइएको हो । 

मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत गरिएको प्रारम्भिक परीक्षणमै पानीमा एमोनिया भेटिएपछि थप परीक्षणका लागि नमुना सङ्कलन गरिएको विभागले जनाएको छ । 

कागेश्वरी मनोहरा नगरपालिका–९ अन्तर्गत गोठाटार क्षेत्रका विभिन्न खाद्य उद्योग र व्यवसायको अनुगमनका क्रममा जार भर्ने प्रक्रियामा समेत गम्भीर लापरबाही देखिएको थियो । निरीक्षणका बेला श्रमिकले हातमा पन्जा नलगाई जार भर्ने गरेको पाइएपछि सरसफाइप्रति उद्योगको बेवास्ता प्रस्ट भएको विभागको भनाइ छ ।

त्यस्तै, शीतल जल उद्योगमा पनि श्रमिकको व्यक्तिगत सरसफाइ कमजोर रहेको र प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका अनुसार राख्नुपर्ने अभिलेखसमेत नराखिएको पाइएको छ। विभागले पुराना तथा कुच्चिएका जार प्रयोग नगर्न र तत्काल सरसफाइ सुधार गर्न निर्देशन दिएको छ ।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा लापरबाही सह्य नहुने भन्दै विभागले दोषी देखिएका उद्योगलाई कडा चेतावनी दिएको छ। एमोनिया भेटिएको श्रीकृष्ण बेभरेजमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ।

विभागकी निर्देशक डा.बालकुमारी शर्माले सबै पानी उद्योगलाई प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ का प्रावधान पूर्ण रूपमा पालना गर्न र खाद्य स्वच्छता कायम गर्न कडाइका साथ निर्देशन दिइएको जानकारी दिइन ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ०४ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि