आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै « Khabarhub

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा ‘काठमाडौँ महोत्सव तथा व्यापार मेला’ आयोजना गर्ने भएको छ । 

महोत्सवका माध्यमबाट स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले बताए । 

महोत्सवमा २०० भन्दाबढी अत्याधुनिक तथा व्यवस्थित व्यावसायिक ‘स्टल’मा स्थानीय तथा राष्ट्रिय उत्पादन र सेवाको प्रदर्शनी गरिनेछ । साथै हस्तकला, मूर्तिकला तथा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम पनि समावेश गरिएका छन् । 

उनले लघु, घरेलु, साना तथा मझौला उद्योगलाई आफ्ना उत्पादनको बजारीकरण गर्न मेला उपयोगी हुने बताए । 

काठमाडौं महानगरपालिका र उपत्यकाभित्रका छ वटा पालिकाका सबै वडाका मौलिक उत्पादन पनि महोत्सवमा प्रदर्शन गरिने छन् ।
 

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ११ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि