अमेरिका– अमेरिकामा हिमपहिरोले त्रास मच्चाएको छ । शनिबारदेखि सुरु भएको आँधीले हजारौँ उडान रद्द भएको, सडकहरूमा जमेको बरफले यातायात रोकिएको र विद्युत् आपूर्ति प्रभावित भएको छ ।
मौसमविद् एलिसन सान्तोरेलीका अनुसार हिउँ र बरफ पग्लन ढिलो हुनेछ र यसले उद्धार कार्यलाई कठिन बनाउनेछ ।
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा १२ राज्यका लागि आपत्काल घोषणा गरे । संघीय आपत्कालीन व्यवस्थापन एजेन्सीले विभिन्न राज्यमा आपत्कालीन सामग्री, कर्मचारी र खोज तथा उद्धार टोलीहरू तयारी अवस्थामा राखेको छ। होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले सबैलाई ‘सुरक्षित स्थानमा बस्न’ सल्लाह दिए ।
लुइसियाना र टेक्ससमा विद्युत् आपूर्ति बाधित
बरफ र भारी हिउँले प्रभावित क्षेत्रहरूमा एक लाख ४० हजारभन्दा बढी घरधुरीमा बिजुली आपूर्ति बन्द भएको छ ।
टेक्ससको शेबली काउन्टीमा बरफले रुखहरू भत्काउँदा करिब एक तिहाइ विद्युत् ग्राहक प्रभावित भए ।
लुइसियानाको डेसोटो पेरिशमा पनि रुख र चरिको झर्ने कारण आधाभन्दा बढी घरधुरीमा बिजुली पुगेको छैन ।
उडानहरू रद्द
शनिबार र आइतबार अमेरिकाभर १३ हजारभन्दा बढी उडान रद्द भएका छन्। प्रमुख हवाईअड्डाहरूमा उडान सेवामा ठूलो अवरोध देखिएको छ, जसमध्ये डलास–फोर्ट वर्थ अन्तर्राष्ट्रिय हवाईअड्डामा ७०० भन्दा बढी उडान रद्द भएका छन् ।
उत्तरी र मिडवेस्टमा अत्यधिक चिसो
अमेरिका- मिडवेस्टमा हावाको चिसो -४० डिग्री फरेनहाइट (-४०° सेल्सियस) सम्म पुगेको छ। मिनियापोलिसमा प्रदर्शनकारीहरू -६ डिग्री फरेनहाइट (-२१° सेल्सियस) तापक्रममा निस्किएका थिए ।
विद्यालय र सार्वजनिक कार्यक्रम रद्द
न्यासभिल, लुइसियाना, डलास, ह्युस्टन, फीलाडेल्फिया र मेम्फिसमा विद्यालय बन्द गरिएका छन् । ग्रान्ड ओले ओप्रीले शनिबारको प्रस्तुति दर्शकविहीन सम्पन्न गरेको छ ।
मौसमविद् जोश वीसले भने, ‘यस आँधीको विशेषता यसको व्यापक प्रभाव क्षेत्र र त्यसपछिको अत्यधिक चिसो हो ।’ रासस













प्रतिक्रिया