माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो तथा पुम्से प्रतियोगिता फागुन १ देखि हुने « Khabarhub

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो तथा पुम्से प्रतियोगिता फागुन १ देखि हुने


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा दोस्रो माउन्ट एभरेष्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता फागुन १ गतेदेखि हुने भएको  छ ।  

प्रतियोगितामा २० राष्ट्रका करिब १ हजार ५ सय खेलाडीको सहभागिता रहने आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । 

गेरोगी/पुम्सेतर्फ जम्मा ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ को विशेष प्रशिक्षणमा रहेका खेलाडी पनि सहभागी हुने आयोजक संघका सदस्य कुमार लामा घिसिङले बताए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ करोड खर्च लाग्ने आयोजकले जनाएको छ । छ दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइने जनाइएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ३० बजे

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने