काठमाडौं– नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा दोस्रो माउन्ट एभरेष्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता फागुन १ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा २० राष्ट्रका करिब १ हजार ५ सय खेलाडीको सहभागिता रहने आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
गेरोगी/पुम्सेतर्फ जम्मा ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ को विशेष प्रशिक्षणमा रहेका खेलाडी पनि सहभागी हुने आयोजक संघका सदस्य कुमार लामा घिसिङले बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ करोड खर्च लाग्ने आयोजकले जनाएको छ । छ दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइने जनाइएको छ ।













प्रतिक्रिया