जिरीका किसानलाई वर्षे आलु रोप्न भ्याई नभ्याई  « Khabarhub

जिरीका किसानलाई वर्षे आलु रोप्न भ्याई नभ्याई 


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दोलखा– आलु खेतीको उर्वर भूमिको रूपमा रहेको जिल्लाको जिरी नगर क्षेत्रका स्थानीय किसानहरूलाई हिजोआज आलु रोप्न भ्याई नभ्याई छ । 

जिरीका प्राय सबै ठाउँको मुख्य खेती नै आलु भएकाले यहाँका किसानलाई यो समय वर्षे आलु रोप्न चटारो छ। वार्षिक करोडौँको आलु उत्पादन हुने जिरीमा वर्षे आलु रोप्ने सिजन सुरु भएको हो ।

मुख्यगरी जिरीको बुलडाँडा र ठूलोपातालमा अन्यत्रको तुलना धेरै आलु खेती हुने गरे पनि अहिले जिरीका सबै क्षेत्रमा धमाधम आलु लगाउने काम चलिरहेको छ ।

जिरीको अन्य गाउँहरू सिक्री, त्रिशुले, माली, श्यामा, यलुङ, कलंङ, सिउरानी, ओखरे, ढुंगे, भण्डारे र खावामा पनि अहिले वर्षे आलु रोप्ने चटारो छ ।

माघ लाग्दा समेत हिउँदे वर्षा र हिमपात नभएपछि किसानहरू फुस्रो र सुकेको बारीमै आलुको बुक्मा बनाएर तथा बारीमा ड्याङ खनेर धमाधम आलु लगाउन थालेका हुन ।

जिरीका ६५ प्रतिशात स्थानीय आलु खेतीमा निर्भर 

 जिरीका ६५ प्रतिशत स्थानीयको आम्दानीको स्रोत नै आलु भएकाले पनि आलु रोप्ने सिजनको सदुपयोग गर्दै असोज पछिको बाझो बारी बनाएर आलु रोप्न थालिएको स्थानीय दावा शेर्पाले बताए ।

गत भदौ-असोजमा ३ लाख बराबरको आलु बिक्री गरेका शेर्पाले आगामी वर्षको लागि करिब आलु रोपेर सक्न लागेको बताए ।

 जिरीका एक किसानले सिजनमा न्यूनतम दुई लाखदेखि सात लाख रुपैयाँसम्मको आलु बिक्री गर्ने गरेका छन् । गत वर्ष आलुको मूल्यमा गिरावट आउँदा सोचेजस्तो आम्दानी गर्न नसकेका किसान आगामी वर्ष राम्रो मूल्य लिन सकिन्छ भन्ने आशाले आलु खेतीमा व्यस्त छन् ।

गाउँघर युवाविहीन बन्दा अघिल्ला वर्षहरूको जस्तो आलु उत्पादन घटे पनि सीमित स्थानीयले जिरीको आलु खेतीलाई धान्ने गरेका छन् ।

जिरीबाट वार्षिक १० करोड बढीको आलु निर्यात 

जिरीबाट गत वर्ष झन्डै १२ करोड बराबरको आलु काठमाडौं निर्यात गरिएको थियो । त्यसैगरी गत दुई महिना भदौ-असोजमा १० करोड रुपैयाँ बराबरको आलु निर्यात भएको अनुमान गरिएको छ ।

जिरीको तल्लो क्षेत्रमा मंसिर देखिनै आलु रोप्ने गरिन्छ भने,माथिल्लो क्षेत्रमा माघ लागेपछि मात्र आलु रोप्ने थालिन्छ। त्यसैगरी जिल्लाका अन्य क्षेत्रमा पनि अहिले वर्षे आलु लगाइन्छ ।

मुख्य गरी जिल्लाको शैलुङ, मेलुङ, लाकुरीडाँडा,खरिढुङ्गा, कालिन्चोक, गौरीशंकर खावा, जिरी, वैतेश्वर पोखरी, ठुलचौर, ठुलोबन फाप्लु एवो, हाव्वा, ठुलोपातल,गैरिमुदि,मिर्गे लगायतका क्षेत्रमा अत्यधिक आलु खेती हुँदै आएको छ । दोलखाका किसानले स्थानीय जात सँगै बाहिरबाट उन्नत जातको बिउ ल्याएर आलु लगाउने गर्छन् । -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ६ : ४७ बजे

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा