स्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु « Khabarhub

स्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान बढाउने उद्देश्यले तेस्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने नेपाल बालसाहित्य समाज, ललितपुुर महानगरपालिका, पाटन सङ्ग्रहालयको आयोजना र विभिन्न संस्थाको सहआयोजनामा पाटन सङ्ग्रहालय परिसरमा महोत्सव सुरु भएको हो । 

महोत्वसको बाल गायिका कल्पना विष्टले उद्घाटन गरिन् । सोही अवसरमा बाल साहित्यकारहरू भिक्टर प्रधान, प्रमोद प्रधान, घनश्याम राजकर्णिकार र सिर्जना शर्मालाई १५/१५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरियो ।

समाजका अध्यक्ष विजयराज आचार्यका अनुसार महोत्सवमा बालसाहित्यसम्बन्धी राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञहरूबाट कार्यपत्र प्रस्तुति, बालसाहित्य र बालसरोकारसम्बन्धी विभिन्न विषयमा छलफल, बालसाहित्यसम्बन्धी पुस्तकको विमोचन र प्रदर्शनीलगायत गतिविधि हुनेछन् ।

काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र साहित्यकार–कलाकारको सहभागिता हुुने महोत्वसमा रचना प्रस्तुति र बङ्गलादेशका वरिष्ठ साहित्यकार प्रा डा मिजानुर रहमान कल्लोलको मुख्य प्रस्तुति रहने महोत्वसका संयोजक यशोदा अधिकारीले जानकारी दिइन् ।
 

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ६ : ५० बजे

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने