जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू) « Khabarhub

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको संगम स्थलको रूपमा अवस्थित पर्यटकीय गन्तव्य ताँबेडाँडामा पछिल्लो समय जिरी हुँदै घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको संस्था बढ्न थालेको छ ।

जिरी घुम्न पुग्ने जोकोही पनि अहिले ताँबेडाँडाँ पुग्न थालेका छन् । जिरी बजारबाट २ घण्टाको छोटो यात्रामा सहज रूपमा ताँबेडाँँडाँ पुग्नुहुँदा दोलखा सदरमुकाम चरिकोट हुँदै जिरी पुग्ने पर्यटकले त्यहाँ पुगेपछि ताँबेडाँडाको यात्रा तयार गर्ने गरेका छन् ।

रामेछापको सदरमुकाम मन्थली हुँदै आउने पर्यटक भन्दा पछिल्ला दिनहरुमा काठमाडौँ-जिरी हुँदै ताँबेडाँडा पुग्ने पर्यटक बढेको जिरीका स्थानीय इन्द्रबहादुर जिरेलले बताए ।

दर्जनौँ हिमशृङ्खलासँगै दोलखा-रामेछापका रमणीय दृश्यअवलोकन गर्न सकिने हुँदा पछिल्ला दिनहरूमा जिरी हुँदै ताँबेडाँडा पुग्ने पर्यटक बढेको उनले बताए ।

जिरी नगरपालिकाको लिकंन बजार देखि ताँबेडाँडाको दुरी करिब ३० किलोमिटर रहेको छ जहाँ पुग्न करिब डेढ-दुई घण्टा लाग्ने गर्छ ।

३२ सय मिटर उचाइमा अवस्थित ताँबेडाँडाबाट दोलखाको सदरमुकाम चरिकोट, गौरीशंकर हिमाल, चेर्दोङ, हनुमन्तेडाँडा, शैलुङ र कालिञ्चाेकको सहज रूपमा अवलोकन गर्न सकिन्छ ।

त्यसैगरी सिन्धुपाल्चोक,सोलुखुम्बुमा,दोलखा लगायतका जिल्लामा रहेका दर्जनौँ हिमालय हिम शृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

ताँबेडाँडाबाट देखिने गाउँबस्ती र आलु खेती तथा आसपासको हरियालीसँगै पर्यटकको आकर्षणको लागि ताँबेडाँडा निर्माण गरिएका पर्यटकीय तथा धार्मिक संरचनाले जोकोहीलाई लोभ्याउने गर्छ । तस्बिर/सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ७ : ३३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका