काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको मतपरिणामअनुसार नेपाली कांग्रेस पहिलो दल बन्न पुगेको छ।
नेकपा एमालेसँग भएको चुनावी गठबन्धनबाट सातै प्रदेशमा कांग्रेसका ९ जना उम्मेदवार निर्वाचित भएए । जसले कांग्रेस राष्ट्रिय सभामा २५ सदस्यसहित पहिलो दल बनेको हो ।
आइतबारको चुनावअघि कांग्रेस १६ सीटको थियो । अब आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा दलहरूको हैसियत औपचारिक रुपमा फेरिएर कांग्रेस पहिलो र नेकपा एमाले तेस्रो ठूलो दल भएको छ।
कांग्रेसले यस पटक एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग चुनावी तालमेल गरेको थियो । खाली १८ मा ९ वटा लिएको कांग्रेसले सबैमा जित निकालेको हो । यसअघि नेपाली कांग्रेसकाा सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग तालमेलका लागि गरेको निर्णयलाई वर्तमान सभापति गगन थापाले कार्यान्वयन गरेसँगै ठूलो दल भएको हो ।
निर्वाचन आयोगका अनुसार कोशी प्रदेशबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २/२, लुम्बिनीबाट ३, कर्णाली र सुदूरपश्चिमबाट २/२ सदस्य निर्वाचित भएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार समयमा नआइपुग्दा कोशीमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए । अन्य १७ सीटमा आइतबार निर्वाचन भएको हो । आइतबारको परिणामले कांग्रेस ९, एमाले ८ र जसपा १ सीटमा विजयी भए ।
कांग्रेसले छलाङ मार्दा नेपाली कम्युनिस्ट पार्टी १८ सिटसहित दोस्रोमा खुम्चिएको छ । एमालेले ११ सिटसहित तेस्रो स्थान बनाएको छ । जसपा नेपालका तीन सीट कायम हुँदा राष्ट्रिय जनमोर्चाका एक सीटसहित छ । एकजना सदस्य बलदेव बोहोराको निधनले उक्त स्थान रिक्त छ । त्यसमा पनि चुनाव हुनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अर्का एकजना सदस्य मनोनीत गर्ने तयारी छ । बाँकी ३ जना राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा मनोनीत गर्नेछन् ।
कानुनअनुसार राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन् । राष्ट्रियसभा सदस्यको कार्यकाल चक्रीय प्रणालीमा ६ वर्षको हुन्छ । निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा १८ सिटका लागि ४४ जनाको उम्मेदवारी परेको थियो । कोशी प्रदेशमा ५, मधेश ११, बागमती ६, गण्डकी ६, लुम्बिनी ८, कर्णाली ४ र सुदूरपश्चिम ४ जनाको उम्मेदवारी थियो ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका/नगरपालिका अध्यक्ष र उपाध्यक्ष मतदान गर्छन् । सातै प्रदेशमा ५५० प्रदेशसभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रधानसहित स्थानीय तहका १ हजार ५०६ मतदाता थिए।
को को विजयी भए ?
कोशी प्रदेश
- रोशनी मेचे, नेकपा एमाले
- सोमनाथ पोर्तेल, नेकपा एमाले
- सुनिलबहादुर थापा (निर्विरोध), नेपाली कांग्रेस
मधेश प्रदेश
- धमेन्द्र पासवान, नेपाली कांग्रेस
- महन्थ ठाकुर, लोसपा
- रञ्जित कर्ण, नेपाली कांग्रेस
- रेखाकुमारी झा, नेकपा एमाले
बागमती प्रदेश
- गीता देवकोटा, नेपाली कांग्रेस
- प्रेमप्रसाद दंगाल, नेकपा एमाले
गण्डकी प्रदेश
- जगत तिमिल्सिना, नेपाली कांग्रेस
- सम्झना देवकोटा, नेकपा एमाले
लुम्बिनी प्रदेश
- चन्द्रबहादुर केसी, नेपाली कांग्रेस
- बासुदेव जंगली, नेपाली कांग्रेस
- रामकुमारी झाक्री, नेकपा एमाले
कर्णाली प्रदेश
- ललितजंग शाही, नेपाली कांग्रेस
- मीनासिंह रखाल, नेकपा एमाले
सुदूरपश्चिम प्रदेश
- खम्मबहादुर खाती, नेपाली कांग्रेस
- लीलाकुमारी भण्डारी, नेकपा एमाले













प्रतिक्रिया