पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना « Khabarhub

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा सार्वजनिक सम्बोधन गर्न अनुमति दिएकोमा आफू ‘आश्चर्यचकित’ र ‘स्तब्ध’ भएको बताएको छ ।

बङ्गलादेशमा गत बर्ष विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले उत्कर्ष रूप लिएपछि प्रधानमन्त्रीको कार्यालयमा आक्रमण गर्न अघि बढेपछि पूर्वप्रधानमन्त्री हसिनाले निकटस्थ केही सदस्यसहित सेनाको सहयोगमा हेलिकोप्टरमार्फत् भारतमा शरण लिन पुगेकी थिइन् ।

सन् २०२४ अगष्टमा आफ्नो १५ वर्षे शासन अन्त्य गरेपछि ७८ वर्षीया हसिना छिमेकी देश भारततर्फ भागेकी थिइन् । उनले शुक्रबार खचाखच भरिएको प्रेस क्लबमा अडियो सम्बोधन गर्दै पहिलो पटक सार्वजनिक मन्तव्य दिएकी हुन् ।

ढाकास्थित एक अदालतले उनलाई नोभेम्बरमा उनको अनुपस्थितिमा ज्यान मार्न आदेश जारी गरेको र अत्याचार रोक्न अकर्मण्यताको सजाय सुनाएको थियो।ढाकाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बङ्गलादेशले आम हत्याको लागि दोषी ठहर गरिसकेका पूर्वप्रधानमन्त्री हसिनालाई भारतीय राजधानीमा खुलेआम घृणा फैलाउने भाषण गर्न दिनु बङ्गलादेशका जनता र सरकारको स्पष्ट अपमान हो।”

“यसबाट बङ्गलादेशको सरकार र जनता आश्चर्यचकित र स्तब्ध भएका छन्,” विज्ञप्तिमा भनिएको छ ।हसिनालाई भारतीय भूमिमा सम्बोधन गर्न दिनुले ‘खतरनाक नजिर’ स्थापित गर्ने र यसले ‘द्विपक्षीय सम्बन्धलाई गम्भीर रूपमा बिगार्न सक्ने’ विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक उथलपुथलपछि पहिलो पटक नयाँ सरकारको नेतृत्व छान्न बङ्गलादेशका मतदाताले फेब्रुअरी १२ मा मतदान गर्दैछन् ।हसिनाले शुक्रबारको आफ्नो अडियो सम्बोधनमा अन्तरिम नेता मोहम्मद युनुसको नेतृत्वमा बङ्गलादेशले कहिल्यै पनि स्वतन्त्र र निष्पक्ष निर्वाचन अनुभव नगर्ने बताएका थिइन् ।

प्रत्यक्ष प्रसारण गरिएको सम्बोधनलाई प्रत्यक्षरूपमा नै एक लाखभन्दा बढी मानिसहरूले हेरेका थिए भने पछि यसलाई विभिन्न सामाजिक सञ्जालमार्फत् थप व्यापक बनाइएको थियो ।

बङ्गलादेशले हसिनालाई सुपुर्दगी गर्न भारतसँग आग्रह गरेको छ, तर नयाँ दिल्लीले भने यस अनुरोधबारे कुनै टिप्पणी गरेको छैन।हसिनालाई भारतले विगतमा गरेको समर्थनले उहाँलाई सत्ताच्युत गरिएयता दुई दक्षिण एसियाली छिमेकीहरूबीचको सम्बन्ध चिसिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ८ : ४२ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान