पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना « Khabarhub

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा सार्वजनिक सम्बोधन गर्न अनुमति दिएकोमा आफू ‘आश्चर्यचकित’ र ‘स्तब्ध’ भएको बताएको छ ।

बङ्गलादेशमा गत बर्ष विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले उत्कर्ष रूप लिएपछि प्रधानमन्त्रीको कार्यालयमा आक्रमण गर्न अघि बढेपछि पूर्वप्रधानमन्त्री हसिनाले निकटस्थ केही सदस्यसहित सेनाको सहयोगमा हेलिकोप्टरमार्फत् भारतमा शरण लिन पुगेकी थिइन् ।

सन् २०२४ अगष्टमा आफ्नो १५ वर्षे शासन अन्त्य गरेपछि ७८ वर्षीया हसिना छिमेकी देश भारततर्फ भागेकी थिइन् । उनले शुक्रबार खचाखच भरिएको प्रेस क्लबमा अडियो सम्बोधन गर्दै पहिलो पटक सार्वजनिक मन्तव्य दिएकी हुन् ।

ढाकास्थित एक अदालतले उनलाई नोभेम्बरमा उनको अनुपस्थितिमा ज्यान मार्न आदेश जारी गरेको र अत्याचार रोक्न अकर्मण्यताको सजाय सुनाएको थियो।ढाकाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बङ्गलादेशले आम हत्याको लागि दोषी ठहर गरिसकेका पूर्वप्रधानमन्त्री हसिनालाई भारतीय राजधानीमा खुलेआम घृणा फैलाउने भाषण गर्न दिनु बङ्गलादेशका जनता र सरकारको स्पष्ट अपमान हो।”

“यसबाट बङ्गलादेशको सरकार र जनता आश्चर्यचकित र स्तब्ध भएका छन्,” विज्ञप्तिमा भनिएको छ ।हसिनालाई भारतीय भूमिमा सम्बोधन गर्न दिनुले ‘खतरनाक नजिर’ स्थापित गर्ने र यसले ‘द्विपक्षीय सम्बन्धलाई गम्भीर रूपमा बिगार्न सक्ने’ विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक उथलपुथलपछि पहिलो पटक नयाँ सरकारको नेतृत्व छान्न बङ्गलादेशका मतदाताले फेब्रुअरी १२ मा मतदान गर्दैछन् ।हसिनाले शुक्रबारको आफ्नो अडियो सम्बोधनमा अन्तरिम नेता मोहम्मद युनुसको नेतृत्वमा बङ्गलादेशले कहिल्यै पनि स्वतन्त्र र निष्पक्ष निर्वाचन अनुभव नगर्ने बताएका थिइन् ।

प्रत्यक्ष प्रसारण गरिएको सम्बोधनलाई प्रत्यक्षरूपमा नै एक लाखभन्दा बढी मानिसहरूले हेरेका थिए भने पछि यसलाई विभिन्न सामाजिक सञ्जालमार्फत् थप व्यापक बनाइएको थियो ।

बङ्गलादेशले हसिनालाई सुपुर्दगी गर्न भारतसँग आग्रह गरेको छ, तर नयाँ दिल्लीले भने यस अनुरोधबारे कुनै टिप्पणी गरेको छैन।हसिनालाई भारतले विगतमा गरेको समर्थनले उहाँलाई सत्ताच्युत गरिएयता दुई दक्षिण एसियाली छिमेकीहरूबीचको सम्बन्ध चिसिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ८ : ४२ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ