नवलपुरमा निर्वाचन तयारी पूरा « Khabarhub

नवलपुरमा निर्वाचन तयारी पूरा


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा पाँच हजार बढी जनशक्ति परिचालन हुने भएका छन् ।

नवलपुर–१ का मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि जिल्लामा एक हजार ८६९ जना निर्वाचन कर्मचारी र तीन हजार ५०० सुरक्षाकर्मी परिचालन हुँदैछन् ।

निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारीसहितका गरी एक हजार ८६९ कर्मचारी परिचालन हुनेछन् । त्यस्तै निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, निर्वाचन प्रहरी र सशस्त्र प्रहरी गरी तीन हजार ५०० सुरक्षाकर्मी परिचालन हुनेछन् ।

निर्वाचन सम्पन्न गराउनका लागि हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृतसहित आठ जना कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए । मतदानमा खटिने मतदान अधिकृतका लागि फागुन १४ र १५ गते प्रशिक्षण दिएर मतदान केन्द्रमा खटाउने तयारी भइरहेको निर्वाचन अधिकृत ज्ञवालीको भनाइ छ ।

निर्वाचनका लागि जिल्लामा आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मसीलगायतका सम्पूर्ण ५१ प्रकारका निर्वाचन सामग्री जिल्लामा आइसकेको उनको भनाइ छ ।

निर्वाचनका लागि जिल्लामा करिब ६ लाख मतपत्र आइपुगेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले बताए । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ एक लाख ४६ हजार तथा समानुपातिकतर्फ एक लाख ५४ हजार मतपत्र आइपुगेको उनले जानकारी दिए ।

त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ पनि एक लाख ४१ हजार तथा समानुपातिकतर्फ एक लाख ४१ हजार मतपत्र आइपुगेको उनले बताए ।

निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३७ हजार ८१ मतदाता एवं क्षेत्र नम्बर २ मा एक लाख ३१ हजार ४४५ मतदाता छन् ।

जिल्लामा एउटा अस्थायी मतदान केन्द्रसहित कुल ३११ मतदानस्थल कायम गरिएका छन् । कावासोती नगरपालिका–२ स्थित शिव मावि मतदानस्थलमा अस्थायी मतदान केन्द्र कायम गरिएको जनाउँदै निर्वाचन अधिकारी शर्माले मतदानमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायत तीन हजार ४४२ जनाले मतदान गर्ने बताए । (रासस)

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १० : ०१ बजे

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

काठमाडौं– के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपद्को सारथी

काठमाडौं– स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाहरूले नेकपा एमालेका नेता महेश बस्नेतप्रति

रोल्पालीको शिर उचो बनाउने काम गरेको छु : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आफूले

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं– आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

ताप्लेजुङ– मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण गरेको छ