निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने « Khabarhub

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ ।

बुधबार सिंहदरबारमा फागुन १२ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका क्रममा कोही सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भए उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय भएको बताए।

त्यस अवधिमा उनीहरूको मृत्यु भए उनीहरूका आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसमेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले १६ औँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने र यातायात क्षेत्र सम्बन्धी सर्वोच्च अदालतका आदेश कार्यान्वयनसम्बन्धी जाँचबुझ आयोगको कार्यअवधि एक महिना थप गर्ने निर्णयसमेत गरेको प्रवक्ता अर्यालले बताए ।

उनले रेडक्रस सोसाइटीको केन्द्रीय कार्य समितिको तदर्थ समितिलाई २०८३ साल असार मसान्तसम्मको लागि निरन्तरता दिने र समितिले उक्त अवधिभित्र नयाँ कार्यसमिति गठन गर्ने गरी बाधा अडकाऊ फुकाऊ आदेश जारी गर्ने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  २ : ५१ बजे

विश्वकप उपाधिको भविष्यवाणी : स्पेन र फ्रान्स मुख्य दाबेदार, कसरी गरियो अनुमान ?

काठमाडौँ – फुटबल जगतकै सबैभन्दा ठूलो महोत्सव ‘फिफा विश्वकप २०२६’

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आजपनि सुनको मूल्य घटेको लागेको छ ।

कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आज सकिँदै

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आज

भीमफेदीको बैदमारमा जीप दुर्घटना, दुईजनाको मृत्यु

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप

स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट

काठमाडौँ – इरान र अमेरिकाबीचको सैन्य तनाव एकाएक उत्कर्षमा पुगेको